विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज


बुटवल, असार १८ गते । एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री ष्णिु पौडेलको सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ ।
विहिबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी पत्नी दोमायाले दायर गरेको रिट खारेज गरेको हो । योसँगै पौडेल तत्काल नछुट्ने भएका छन् ।

पौडेललाई आज बिहीबार मात्र विशेष अदालतले थप ६ दिन म्याद थप गरेको छ । यसअघि यही असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई विशेष अदालतले यसअघि सात दिन र असर १५ गते तीन दिनको म्याद थप गरेको थियो ।






















