आफ्नो बाटो आफै बनाउन थाले रम्भाका स्थानीय


पाल्पा, असार १८ गते । पाल्पा रम्भा २ फोक्सिङ्ग कोटका ३२ घरका महिला पुरुष आफ्नो बाटो आफै बनाउन थालेका छन् ।
सरकारी योजना विना आफ्नो गाउँको बाटो आफै बनाउन खटिएका हुन् । बर्षातको समयमा बाटो विग्रिएपछि पालिकाकको बजेट नकुरी आफ्नो बाटो मर्मत गर्न आफै जुटेका छन् ।






















