रुपन्देहीमा खोज र खोप अभियान सञ्चालन 

बुटवल,कमाघ११।कोभिड संक्रमण नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीमा खोज र खोप अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीको समन्वयमा ५ दिन अघिबाट खोज र खोप अभियान सञ्चालन गरिएकोहो। स्वास्थ्यकर्मी,महिलास्वंयसेवीका, जनप्रतिनिधि,संघसस्था,नागरिक समाज,टोलविकास संस्थाहरुको सहयोगमा रुपन्देहीका सबै स्थानीय तहहरुमा खोजर खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी गराए। खोप अधिकृत शर्माका अनुसार स्वास्थ्य मापदण्ड अनुसार जिल्लाका सबै नागरिकलाई खोप पुरा गर्ने उद्वेश्यका साथ खोज र खोप अभियान प्रभावकारी भएको छ ।त्यस्तै स्वास्थ्य मापदण्ड अनुसार उमेर पुगेका सबै नागरिकलाई खोप लगाउनका लागि रुपन्देहीमा खोप केन्द्रहरु थप गरिएको छ ।


१६ वटा स्थानीय तहरहेको रुपन्देहीमा १ सय २३ खोप केन्द्र बढाई अहिले १ सय ३४ स्थानमा खोप केन्द्र सञ्चालन गरिएको छ ।यही माघ भित्र कोरोना बिरुद्वको पहिलो डोज खोप पुरा गर्ने र फागुन भरमा दोस्रो डोज पुरागर्ने गरी खोप केन्द्र बढाईएको खोप अधिकृत भेषराज शर्माले जानकारी गराए। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा पहिलो डोज ९६ प्रतिशत र दोस्रो डोज ८१ प्रतिशत लगाईएको छ । त्यस्तै कोभिडको तेस्रो भेरियन्ट बिरुद्वको बुष्टर खोप रुपन्देहीमा १३ हजार १ सय बढीलाई लगाईएको छ ।