लुम्बिनी प्रदेशसभाले स्थापना दिवस मनायो

बुटवल,माघ२१।लुम्बिनी प्रदेशसभाले आज आफ्नो स्थापना दिवस मनाएको छ । छ। विशेष महत्वका साथ स्थापना दिवस मनाउंदै आएको प्रदेश सभाले यस वर्ष कोभिडका कारण वर्ष भर्चुअलकोे माध्यामबाट स्थापना दिवस मनाएको हो ।स्थापना दिवसका अवसरमा प्रदेशसभाले माध्यमिक विद्यालयमा ‘संघीयता कार्यान्वयनमा प्रदेशसभाको भूमिका’ विषयक निवन्ध प्रतियोगिता आयोजना गरिएको लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिलिा तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताए। प्रतियोगितामा प्रथम पुरस्कार १५ हजार, दोस्रो १० हजार, तेस्रो आठ हजार र सान्त्वना पाँच हजार राशीको पुरस्कार र प्रमाण पत्रको व्यवस्था गरिएको।

प्रदेशसभा सचिवालयले यसअघि नै निवन्ध इमेलमा पठाउन आग्रह गर्दै प्रदेशका सबै स्थानीय तह र शिक्षा कार्यालयमार्फत विद्यालयलाई पत्राचार गरिसेकेको छ। निवन्ध एक हजार शब्दको हुनुपर्ने र विद्यालयबाट एक छात्र, एक छात्राको अनिवार्य उपस्थिति आवश्यक रहेको बताइएको छ।
लुम्बिनी प्रदेशसभा सचिवालयमा अनुसार प्रदेशसभा स्थापनादेखि अहिलेसम्म दर्ता भएका ७४ विधेयकमध्ये ६७ विधेयक पारित भएका छन्। दर्ता भएका विधेयकमध्ये दुई विधेयक विषयगत समितिमा र एउटा प्रदेशसभा सचिवालयमा विचाराधीन छन्।

अन्य चार विधेयकमध्ये प्रदेशसभाबाट एक र प्रदेशसभाको विषयगत समितिबाट तीन विधेयक फिर्ता भएका छन्। राष्ट्रिय राजनीतिमा विभाजन आएसंगै लुम्बिनी प्रदेशसभामा पनि प्रभावित भएको छ। गठबन्धन सरकार निर्माणपछि प्रतिपक्ष दल एमालले लगातार प्रदेशसभा अवरुद्ध गरेका कारण संसद चल्न सकेको छैन। जसकका कारण नयां विद्येयकहरु पस हुन सकेका छैनन् भने, संसदले विजेनाश पनि नपाएको अवस्था छ।