आगमी बैसाक ३० गते स्थानीय चुनाव

बुटवल, माघ २४गते। आगमी  बैसाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएको छ। मन्त्रिपरिषदको साृमबार बसेको बैठकले बैसाक ३० मा स्थानीय निर्वाचन गर्ने मिति तय गरेको हो।निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय भएको सरकारका एक मन्त्रीले बताए।

????????????????????????????????????

३० गते स्थानीय निर्वाचन भएको ५ वर्ष पुग्ने भएकाले सोही दिन ७५२ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ। यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो। सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो। निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएको अवस्थामा सरकारले बैसाक ३० गतेलाई निश्चित गरेको हो।