नेपाल बन्दको प्रभाव

बुटवल,फागुन४गते।एमसीसीको विरोधमा बिप्लव नेतृत्व नेकपा र बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव परेको छ। सडकहरुमा नीजि सवारीका साधनहरु चलेपनि यस बन्दको प्रभाव पर्यो। बन्दका कारण सिद्धार्थ तथा पूर्व–पश्चिम राजमार्ग पनि प्रभावित भए।बन्दका कारण बजार, पसल तथा विद्यालयहरु बन्द रहे, भने लामो दुरीका सवारीसाधन चलेनन्। बुटवलमा बन्द गराउंदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका थिए।

नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य प्रेम सुवेदी,नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु,सन्तोष सुवेदी,माधव न्यौपाने,रामबहादुर थारु, प्रगति राना,राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका शशी विक, तुलराज विक लगायतलाई पहरीले गिरफ्तार गरेको थियो।उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो। बन्दको प्रभावका कारण सुरक्षा दिने भन्दै बुटवलमा नेपाल प्रहरी रसशस्त्र प्रहरीहरु चोकचोकमा तैनाथ गरिएको छ।