रुपन्देहीको तिलोत्तमा कोरोना विरुद्धको पूर्णखोप सुनिश्चित


तिलोत्तमा,फागुन१६।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएको बताएको छ।लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा सम्भवत मुलुककैं पहिलो कोरोना विरुद्धको पूर्णखोप सुनिश्चितता भएको स्थानीय तह बनेको नगरपालिकाको दावी छ।नेपाल सरकारले ल्याएको पूर्णखोपको अवधारणाअनुसार पूर्णखोप सुनिश्चितता कार्यविधिमा रहेर नगरपालिका कोरोना विरुद्धको खोप सुनिश्चित पहिलो पालिका बनेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले दावी गरेका छन्।तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन्। लक्षित जनसंख्या ९५ हजार ९६६ रहेकोमा तिलोत्तमामा लक्षितभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका हुन्।नगरपालिकाभन्दा बाहिरका व्यक्तिलेसमेत यहाँका स्वास्थ्य संस्थामा खोप लगाएकोले लक्ष्यभन्दा बढी प्रगति हासिल भएको स्वास्थ्य शाखाको दावी छ।
परिवार सर्वेक्षण गरेर छुटेका ७ हजार ७७ जनालाई खोप लगाइएसँगै तिलोत्तमा कोरोना विरुद्धको खोप सुनिश्चितता भएको पहिलो पालिका बनेको हो।
खोप लगाउन बाँकी रहेका व्यक्ति पहिचान गर्न नगरपालिकाले स्वास्थ्य स्वयंसेविका र टोल विकास संस्थाका पदाधिकारी सम्मिलित घरधुरी सर्वेक्षण टोली परिचालन गरेको थियो । टोलीले पहिचान गरेका व्यक्तिहरुलाई खोप लगाएपछि आइतबार जिल्ला खोप समन्वय समितिले समेत अनुगमन गरेर तिलोत्तमालाई पूर्णखोप सुनिश्चित पालिका ठहर गरेको स्वास्थ्य शाखाले जनाएको छ। नेपालमा हालसम्म १२ वर्षमाथिका व्यक्तिलाई मात्र कोरोना विरुद्धको खोप लगाईएको छ।


नगरपालिकाले वडा–वडामा पुगेर खोप कार्यक्रम सञ्चालन गरेपनि विभिन्न समुदायका व्यक्तिहरु छुटेको पाइएपछि यही फागुन ५ गते बसेको नगरस्तरीय खोप समन्वय समितिको बैठकले घरधुरी सर्वेक्षण गर्ने निर्णय गरेको थियो । सोहीअनुसार घरधुरी सर्वेक्षणबाट प्राप्त छुट भएका व्यक्तिलाई सम्बन्धित वडामा खोप लगाइएको थियो।
नगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांकअनुसार वडा नं. ३ मा सबैभन्दा बढी १२ हजार ६३० जनाले खोप लगाएका छन्। यस्तै वडा नं. ४ मा ११ हजार २७० जनाले खोप लगाएको नगरपालिकाको तथ्यांक छ। घरधुरी सर्वेक्षणबाट पत्ता लगाइएका छुट भएका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालयबाट खोप आपुर्ति गरि खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेलले बताए।। उनका अनुसार १७ वटै वडा खोप समन्वय समितिबाट नगरस्तरीय खोप समन्वय समितिमा पूर्णखोप घोषण एवं सुनिश्चितताका लागि प्रतिबद्धता पत्र समेत प्राप्त भएको छ।
नगरपालिकाले तीन सय घरधुरीमा पूर्णखोप सुनिश्चितताका लागि घरधुरी सर्वेक्षण गर्दा खोप लगाउन छुट नभएको पाइएकाले नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठकले जिल्ला स्तरीय खोप समन्वय समिति लगायत राष्ट्रिय खोप समन्वय समितिको सचिवालय, प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय रुपन्देहीलाई पूर्णखोप घोषणा सुनिश्चितता गर्न सहमतिका लागि पत्राचार गरेको थियो। सोही पत्रको आधारमा जिल्ला खोप समन्वय समितिबाट कोभिड–१९ पूर्णखोप सुनिश्चितताको लागि घरधुरी ¥यापिड कन्ट्रयाक सर्वेक्षण गरिएको जनस्वास्थ्य निरीक्षक केशव बताए।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










