बुटवलमा चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च गठन
संयोजकमा मजदुर नेता गौतम
दिपक बस्नेत
बुटवल । बुटवलमा चुरे तिनाउ बहुउद्देश्यीय विकास मञ्च गठन गरिएको छ । मजदुर नेता कमल गौतमको संयोजकत्वमा १५ सदस्यीय मञ्च गठन गरिएको हो । बुटवलको सिद्धबाबादेखि आदर्शनगरसम्मको वस्तीलाई भुक्षयबाट बचाउने उद्देश्यसहित मन्च गठन गरिएको नवगठिन समितिका अध्यक्ष गौतमले बताए ।
मन्चको सहसंयोजकमा हिराध्वज शाहा चयन भएका छन् । त्यस्तै सदस्यमा भुक्षयग्रस्त क्षेत्रमा क्रियाशिल विकास परिषद्, खानेपानी, टोल विकासहरु रहेने भएका छन् ।
बुद्धिजीवि तथा संघ संस्थाका प्रतिनिधिहरु रहेको भेलामा बोल्दै भुगर्वविद् डा. भोजराज कडेरियाले पहिरोले कमजोर भएको चुरेलाई उचित व्यवस्थापन गर्न नसके समस्या हुने बताए । उनले यसको दीर्घकालीन समाधान गरेर ठूलो क्षति हुनबाट जोगाउनु पर्नेमा जोड दिए । आदर्शनगरदेखि गोलपार्कसम्मको पहाडमा पहिरोको उच्च जोखिम रहेको उनको भनाई छ ।
भेलालाई सम्वोधन गर्दै संयोजक गौतमले लामो समय सम्म बुटवलको सिद्धवावा देखि आदर्शनगरसम्मको क्षेत्रमा खसिरहेको पहिरोले वस्ती जोखिममा रहेको बताए । उनले यस क्षेत्रको दीर्घकालिन समाधानमा सरकारले ध्यान पुर्याउनु पर्नेमा जोड दिए । १० हजारभन्दा धेरै परिवार बसेको क्षेत्रमा दीर्घकालीन समस्याको समस्या समाधान गर्नुपर्ने बताए ।