चुनावी अभियानसंगै संगठन विस्तारमा जसपा केन्द्रित

जसपा लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुखमा बुटवलका नारायण नागीला

बुटवल, चैत्र १३ गते ।आगमी बैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनमा कन्द्रित रहेको जनता समाजवादी संगठन विस्तार र निर्वाचनका कार्यक्रमहरुलाई एक साथ अगाडी बढाएको छ । पार्टीका गतिविध जनताको बिचमा लैजानु र निर्वाचनको माहोल निर्माण गर्ने गरी जसपाले देशभर आफ्ना गतिविधिलाई सक्रिय बनाएको हो । संगठन विस्तार निर्वाचनका कार्यक्रमसंगै जनता समाजबादी पार्टी नेपाल दाङको जिल्ला समन्वय समितिको निर्वाचन केन्द्रित बैठक जिल्ला कार्यालय घोराहीमा सम्पन्न भएको छ । निर्वाचन केन्द्रित बैठकको अवसरमा होमप्रसाद शर्माको संयोजकत्वमा १५ सदस्य रहेको दाङ स्थानीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । जसमा सँयोजक होमप्रसाद शर्मा, सदस्य कुल बहादुर घर्ती, लक्ष्मि चौधरी, भरत चौधरी, सुरेन्द्र चन्द, टोपबहादुर महतरा, रिता यादव, जगतराम यादव,टोप बहादुर कार्की, जीवन भण्डारी, प्रकाश बिष्ट,मोहन ओली, रणप्रसाद सुवेदी, आईतराम बिक र बिकास अग्रवाल रहेका छन् । प्रदेश मुख्य सचिव यज्ञ पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो । त्यसस्तै दाङ जिल्लाका १० वटै स्थानीय तहमा स्थानीय निर्वाचन लड्ने निर्णय भएको बताइएको छ ।

भोली चेत्र १५ गतेसम्म दशवटै स्थानीय तहको प्रमुख र उप प्रमुखको नाम शिफारिस गर्न पालिका समितिहरुलाई निर्देशन दिने निर्णय भएको जसपाका य्ुवा नेता तथा लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख नारायण नागीलाले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख नारायण नागीलाका अनुसार बैठकबाट यही १६ गते जिल्लाले पालिका प्रमुखहरुको नाम सार्वजनिक गर्ने निर्णयसमेत भएको छ । स्थानीय निर्वाचनमा आवस्यक गठबन्धनका लागि, होम शर्माको सँयोजकत्वमा कुलबहादुर घर्ती, लक्ष्मि चौधरी,जीवन भण्डारी र जगतराम यादव सदस्य रहेको ५ सदस्यिय बार्ता समिति गठन गरिएको छ । त्यस्तै बैठकले,टोपबहादुर महतराको सँयोजकत्वमा प्रकाश चौधरी, टोपबहादुर कार्की, प्रकाश बिष्ट, जीवन भण्डारी,सदस्य रहेको ५ सदस्य आर्थिक ब्यवस्था उपसमिति र जीवन भण्डारीको सँयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ ।