बर्दियाको ठाकुरबाबामा जसपाको नगर भेला सम्पन्न

बर्दिया, चैत्र१६ गते। जनता समाजबादि पार्टी नेपालले पार्टीको संगठन विस्तारलाई देशभर नै तीव्रता दिएको छ। चुनावी अभियानसंगै सगठन बिस्तारमा लागेको जसपाले बर्दिया जिल्ला पनि पार्टी निर्माणको कामलाई अगाडी बढाएको छ।

 

      बर्दियाको ठाकुरबाबा नगरपालिकामा नगर स्तरीय नगर भेला गरेको छ।जनता समाजवादी पार्टी नेपालका बर्दिया जिल्ला अध्यक्ष मोहनलाल चौधरीको अध्यक्षतामा नगर भेला सम्पन्न भएको हो। नगर भेलामा विभिन्न विषय वस्तुमाथि व्यापक छलफल गरिएको जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका प्रचार विभाग प्रमुख नारायण नागिलाले जानकारी गराएका छन्। प्रचार विभाग प्रमुख नागीलाका अनुसार पार्टी निर्माणको कामलाई थप विस्तार गर्ने र त्यसका लागि घरदैलो अभियानमा जुट्ने निर्णय भएको छ ।उक्त भेलामा बोल्दै भेलाका अध्यक्ष तथा जसपा बर्दियाका अध्यक्ष मोहनलाल चौधरीले जसपालाई जनतासंग जोड्नुपर्ने र त्यसका लागि पार्टीको निर्देशन पालना गरी संगठन विस्तार र चुनावी अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन्।उक्त भेलामा नेपाली कांगे्रस, नेकपा एमाले, राप्रपा सदस्यहरु ती पार्टीहरु परित्याग गरी दुइदर्जन बढी जनता समाजवादी पार्टी नेपालमा आवद्व भएका छन्। पार्टीमा आवद्व भएका नव प्रवेशी तथा नयां सदस्यहरुलाई जनता समाज वादी पार्टी नेपालको सदस्यता प्रदान गरिएको छ ।