स्वतन्त्र नागरिक समूह नेपालद्वारा अन्तरक्रियाको आयोजना

स्वतन्त्र नागरिक समूह नेपालले भोली चैत्र १९ गते रुपन्देहीको मणिग्राममा नागरिक अन्तरक्रियाको आयोजना गरेको छ ।नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा एमसीसी परियोजनाको प्रभाव विषयक अन्तरक्रियाको आयोजना गरिएको हो ।
राष्ट्र, राष्ट्रियताको पक्षमा बोल्दै आएको स्वतन्त्र नागरिक समूह नेपालले अमेरिकन परियोजना एमसीसीको बिरोध गर्दै आएको छ ।
एमसीसी परियोजना नेपाल र नेपालीको हित बिपरित भएकाले त्यसको खारेजीका लागि नागरिकलाई सचेत गराउने उद्वेश्यले नागरिक अन्तरक्रियाको आयोजना गरिएको स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैरेले जानकारी गराए । पूर्व जर्नेल डाक्टर प्रेमसिंह  बस्न्यातको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा रुपन्देही क्षेत्रका राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार, नागरिक अगुवा, सामाजिक अभियान्ता, व्यवसायी, विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहने समूहका महासचिव टोपबहादुर केसीले जानकारी गराएका छन् । चैत्र १९ गते शनिबार बिहान ११ बजेदेखि मणिग्रामस्थित पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।