रुपन्देहीको शुद्धोधनमा जसपाको चुनावी प्रचारप्रसार

बुटवल,बैशाख२०गते।जनता समाजवादी पार्टी, नेपालले रुपन्देहीको शुद्धोधन गाउंपालिकामा चुनावी प्रचारप्रसार अभियान तीव्र बनाएको छ ।स्थानीयको सभागितामा गाउंपालिकाको वडा नं. १, ५, ६ र ७ मा जसपाले घरदैलो अभीयानलाई तीव्रता बनाएको छ ।

  जसपाले वडा नं. १ को शिशै चोक, किसुली, चम्कीपुर, भगलापुर, बेलवालगायतका गाउंहरुमा व्यापाक जनसहभागिताका साथ घरदैलो सम्पन्न गरेको छ । घरदैलोकै क्रममा वडा नं. १ का वडा अध्यक्षका उम्मेदवार उदयराज गडेरियाले जनताको स्वास्थ्य, शिक्षा र रोजगारीको अधिकारलाई सुनिश्चित गर्दै वडा नं. १ लाई नमूना र समुन्नत वडा बनाउने प्रतिवद्धता व्यक्त गरे ।त्यसैगरी वडा नं. ५ मा पनि घरदैलो जारी रहेको छ । वडा नं. ५ का विभिन्न गाउँहरुमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादव, उपाध्यक्ष पदका उम्मेदवार सुनकेशरी थारु, वडा अध्यक्ष बिपिन कुर्मी तथा सम्पूणर् वडा सदस्यहरुसहितको संयुक्त टिमले घरदैलो कार्यक्रम गरेको हो । जसपाले वडा नं. ६ मा पनि व्यापक जनसहभागितासहितको चुनाव प्रचारप्रसार कार्यक्रम सुरुवात गरेको छ । जसपा शुद्धोधनले वडा नं. ६ को गुरौलिया, नौदिहवा र भैरहवा गाउँमा चुनावी घरदैलो सम्पन्न गरेको छ । सोही क्रममा वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठकले अघिल्लो ५ वर्षमा पूरा हुन नसकेका बाँकी कामहरु प्राथमिकताका साथ सम्पन्न गरी वडालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे ।त्यस्तै जसपा शुद्धोधनले वडा नं. ७ मा पनि चुनावी प्रचारप्रसारलाई तीव्र बनाएको छ । त्यहाँ स्थित सिसवा, बोरहवा, दक्षिण मधुवनी, उत्तर मधुवनी, टुनिडिहवालगायतका गाउँहरुमा करिब एक सय पचास जनाको जनसहभागितासहित घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।वडा अध्यक्षको रुपमा युवा नेता रामजीत लोधको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको वडा नं. ७ ले आफ्नो जीत सुनिश्चित भएको दाबी गरेको छ । सबै वडाहरुमा आवश्यक प्रचारसामग्री सहित घरदैलो कार्यक्रमको तयारी गरिएको जसपा गाउँकमिटीका अध्यक्ष तौलेश्वर लोधले बताए ।जसपा शुद्धोधनले अब नियमित रुपमा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रमलाई जारी राख्ने गाउँपालिका केन्द्रीय चुनावी परिचालन समितिका इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य मनिकर कार्कीले बताए ।