रुपन्देहीको शुद्वोधनमा जसपाको चुनावी सभा

बुटवल,बैशाख२६ गते।जनता समाजवादी पार्टी,नेपालले रुपन्देहीको शुद्धोधन गाउंपालिकामा चुनावी प्रचार–प्रसारलाई तीव्रता दिएको छ।जसपाले चुनाव प्रचार– प्रसारसंगै शुद्वोधन १ मा र्यालीसहित चुनावी सभा गरेको छ।उक्त सभामा बोल्दै जसपाका केन्द्रिय सदस्य मनिकर कार्कीले नेपाली जनताले राजादेखि पञ्चायतहुंदै कांग्रेस,एमाले, राप्रपा,माओवादीको शासन हेरी सकेको बताउंदै कांग्रेस,एमाले,राप्रपा,माओवादीलाई विश्वास गर्न छोडकाले नयां वैकल्पिक शक्तिको रुपमा जसपा आएको बताए।उनले देशको आर्थिक एवं सामाजिक रुपान्तरणका लागि नयां वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी खडा भएको बताउंदै निर्वाचनमार्फत जसपाले शुद्धोधनलाई नमूना गाउंपालिकाको रुपमा विकास गर्ने र विकासको खाका जसपासंग मात्र भएको बताए।जनताले पुराना शक्तिहरुको भ्रम र भएको राजनीति बुझिसकेकाले अब त्यसमा विश्वास नगर्ने बताउंदै उनले भने– पुराना पार्टीहरुले भ्रम र भएको राजनीति गरिरहेका छन् ।चुनावी सभामा बोल्दै पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले २०६४ को मधेशविद्रोहबाट जन्मिएको जनता समाजवादी पार्टीले सबै शोषित,उत्पीडित र विभेदमा पारिएका समुदायहरुको हक, हित र अधिकारको रक्षा गर्दै उनीहरुलाई सम्मान दिलाउने बताए।उक्त सभामा जसपाका तर्फबाट गाउंपालिका अध्यक्ष पदका उम्मेदवार भरथरी यादव, वडा नंं १ का अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरिया, वडा नं. ५ का वडा अध्यक्ष पदका उम्मेदवार बिपिन कुर्मी, वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार जयशंकर पाठक, गाउँपालिका कार्यसमितिका अध्यक्ष तौलेश्वर लोध, उपाध्यक्ष हरिप्रसाद पाल, वडा नं. १ कमिटी अध्यक्ष इस्लाम कलिमलगायतले बोल्दै शुद्धोधनको वडा नं. १ बाट जनता समाजवादी पार्टीले विजयीको खाता खोल्ने बताए ।चुनावी सभा अघि जसपाले स्थानीयको सहभागितामा जुलुस निकालेको थियो ।