एमालेका जनप्रतिनिधिद्वारा तिलोत्तमाका प्रमुख प्रशासकीय अधिकृतको राजीनामा माग

बुटवल,साउन१गते।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेका जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको राजीनामा मागेका छन् । आइतबार नगरसभामा सहभागी एमाले जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले हाजिर गर्न नदिई रजिष्टर कब्जा गरेर बैठक स्थगीत गर्न भूमिका खेलेको आरोप लगाउंदै एमाले जनप्रतिनिधिले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै राजीनामा मागेका हुन्।आइतबार बोलाईएको नगरसभा बैठक स्थगीत भएको बिरोधमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन्।आइतबार दिउंसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगीत भएको जानकारी पाएपछि एमालेका जनप्रतिनिधिले विरोध गर्दै प्रदर्शनसमेत गरेका हुन्।नगर सभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएको अवस्थामा गणपूरक संख्या पुग्दा पुग्दै पनि बैठक स्थगीत गर्नु गलत भएको भन्दै बैठक सञ्चालन गर्न माग गरेका थिए।एमालेका जनप्रतिनिधिले नगर प्रमुख रामकृष्ण खांणले विधि, पद्धति र कानुन विपरीत बैठक स्थगीत गराएको आरोप लगाएका छन् ।नगरपालिकामा बहुमत संख्या रहेको एमालेको बहुमत। नगरसभा बैठक स्थगीत भएको सूचना आएपछि एमाले जनप्रतिनिधिले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिरुद्व नारावाजी गरेपछि तिलोत्तमाको नगर कार्यपालिका कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ । एमालेबाट निर्वाचित उपप्रमुख जागेशवरी चौधरी लगायत केही जनप्रतिनिधिले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिरुद्व अपशब्द प्रयोगसमेत गरेका थिए।नेपाली कांग्रेसका जनप्रतिनिधिले एमालेका जनप्रतिनिधि बैठक सुरु भएपछि आएकाले गणपूरक संख्या नपुगेपछि बैठक स्थगीत भएको दावी गरेका छन्।तर एमालेका जनप्रतिनिधि सुरेन्द्र श्री आफूहरु बैठक हुने समय भन्दा अगाडी नै बैठक स्थलमा आएको दावी गरेका छन् ।न्यायिक समिति सदस्यहमा एमाले मात्रै राख्न खोजेपछि विवाद शुरुभएको कांगे्रसका एक जना जनप्रतिनिधिले बताए ।