कल सेन्टेर खोलेर अबै गतिविधि गर्नेहरु पक्राउ

बुटवल, साउन ८गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका– २ जानकीनगरमा अबैध रुपमा सन्चालित कल सेन्टरमा छापा मारी प्रहरीले सञ्चालक र कर्मचारीलाई पक्रेको छ ।अबैध काम भैरहेको सूचनाको आधारमा प्रहरीले आइतबार उक्त कल सेन्टरमा छापा मारी सञ्चालक र कर्मचारीहरुलाई पक्राउ गरेको हो ।पे्रमबहादुर गुरुङ सुब्बवाको घर भामा लिएर उक्त कल सेन्टर सञ्चालन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । कल सेन्टरबाट अवैध गतिविधिमा संलग्नहरुलाई समातिएको रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।उक्त कल सेन्टरबाट नागरिकलाई मोवाइलमा म्यासेज पठाएर अबैध रुपमा पैसा असुल्नेदेखि विभिन्न गतिविधिमा संलग्न रहेको प्रमाणसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार उक्त कल सेन्टरबाट १ सय ५० जनालाई नियन्त्रणमा लिईएको छ । कल सेन्टर सञ्चालकहरुले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई म्यासेज पठाई ट्रयापमा पारेको अनुसन्धानबाट खुलेकासमेत रुपन्देही प्रहरीले बताएको छ ।भारतीय नागरिकसमेतको लगानीमा खोलिएको कल सेन्टरबाट सर्वसाधारणको ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने र चिट्ठा प¥यो भन्दै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धा गरिने र अबैध काममा लागेकाहरुलाई कानुनी प्रावधान अनुसार कारवाही हुने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताएका छन् ।