पाल्पा दुर्घटनामा मृत्यु हुने ५ जनाको सनाखत

बुटवल,साउन ९ गते। आइतबार पाल्पामा भएको बस दुर्घटनामा परी मृत्यु हुन पांचजनाको सनाखत भएको छ । ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको थियो । अझै एक जना महिलाको सनाखत हुन नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । बाग्लुङको बुर्तिवाङबाट रुपन्देहीको बुटवलको लागि छुटेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिव्दीकोट गाउंपालिका वडा नंं २ लघुवामा दुर्घटना हुंदा ६ जनाको घटनास्थलमा मृत्यु र १६ जना घाईते भएका थिए । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट ८ का १४ वर्षिय प्रवेश काफ्ले, गुल्मी मुसीकोट ४ का ४० वर्षिय लालबहादुर राना, रुपन्देही देवदह ७ की दिलकुमारी कामी, कपिलवस्तु वाणगंगा २ का ४५ वर्षिय यमबहादुर सोमै र नवलपरासी वर्दघाटकी २४ वर्षिय पूर्णिमा कामीको रहेको प्रदेश ट्राफिक कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार एक जना महिलाको सनाखत हुन सकेको छैन । त्यस्तै घाईतेहुनेहरुमा बसचालक रुपन्देही कञ्चन गाउंपालिका वडा ५ का ३३ बर्षिय किशन श्रीस, बाग्लुङ बडीघाट गाउंपालिका वडा नंं १० का १८ बर्षिय सिजन थापा, रुपन्देही बुटवल उपमहानगर पालिका वडा नंं ११ कालिका नगरका ५५ बर्षिय गोविन्द थापा, गुल्मी चन्द्रकोट गाउंपालिका वडा नंं ८ मझुवाकी १८ प्रियङ्का काफ्ले, सोही ठाउंकै २१ बर्षिय रचना सुवेदी, सोही ठाउंकै बर्ष ६ को रिया सुवेदी, गुल्मी चन्द्रकोटका ३१ बर्षिय चन्द्रबहादुर कामीको मिशन अस्पताल तानसेनमा उपचार भईरहेको छ । घाईते हुनेहरुमा कपिलबस्तु वाणगंगा नगरपालिका वडा नंं २ का ४२ बर्षिय पिताम्वर रेग्मी, गुल्मी सत्यवती गाउंपालिका वडा नंं ६ खैरेनीका ३५ बर्षिय छविलाल ढकाल, सोही ठाउंकै १५ बर्षिय पुजन ढकाल, बाग्लुङ ढोरपाटन नगरपालिका वडा नंं १ का ३० बर्षिय टेकलाल रसाईली, रौतहट विरेन्द्रवन गाउंपालिका वडा नंं ७ का २८ बर्षिय संजयकुमार ठाकुर, म्याग्दी रुमा गाउंपालिका वडा नंं ४ की ३९ बर्षिय सुमित्रा रोका, सोही ठाउंकै ४ बर्षिय विश्वास रोका र रुपन्देही देवदह नगरपालिका वडा नंं ७ का खड्क बहादुर विक रहनुभएको छ ।म्याग्दीकी सुमित्रा र देवदहका खड्क बहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्यको टाउको, ढाड, मुख, हात खुट्टामा चोटपटक लागेको छ । सबै १६ जना घाईतेहरुको उपचार तानसेनको युनाईटेड मिशन अस्पतालमा भईरहेको छ । आईतवार अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करीव १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस सडकको डिल भासिएर दुर्घटना भएको हो ।