नागरिकता विद्येयक राष्ट्रघाती – चित्रबहादुर केसी

राजमोबाट निर्वाचित जनप्रतिनिधिलाई बुटवलमा प्रशिक्षण

बुटवल, साउन १३ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको बताएका छन् । विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विद्येयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको बताए ।      राष्ट्रिय जनमोर्चाको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि शुक्रबारदेखि बुटवलमा शुरु भएको प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै वास्तविक नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने र गैर नेपालीलाई नागरिकता दिनै नहुने बताए।अहिले नागरिकता विद्येयकका कारण भविश्यमा हामी नेपाली अल्पमतामा पर्ने सम्भावना रहेको बताउंदै यसको असर केही समयपछि देखिने बताए । संसदबाट नागरिकता विदेश पास भएपछि नेपालको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताउंदै सत्तामा बसेर हामीहुहाली गरेर पुस्तौ पुस्तालाइृ सम्पति आर्जन गर्न विदेशीको इसारमा नागरिकता विद्येयक सदनबाट पास भएको चित्रबहादुर केसीको दावी छ ।.संघीयता,नागरिकता विद्येयक, एमसीसी, महंगी, भ्रष्टाचार, विभिन्न प्रकारका हिम्सा र अपराधका बिरुद्व राष्ट्रिय जनमोर्चाले निरन्तर संघर्ष गर्दै आएको र सम्झौताहिन संघर्ष गर्दे जाने अध्यक्ष केसकिो भनाइ छ ।संघीयताका कारण मुलुक टाट पल्टिएको अवस्थामा एमसीसी, राष्ट्रघाती नागरिकता विद्येयकले देश झनै संकटमा परेको बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केसीले सत्तामा रहेका आफुलाई ठूला भन्ने दलका नेताहरुले राजनीतिलाई व्यवसाय बनाएर देशलाई कंगाल बनाएको आरोप लगाए ।पार्टीको अनुशासनमा रहेर जनताको हितमा जनपक्षीय काम गरेर व्यवहारमा देखाउन जनप्रतिनिधिहरुलाई आग्रह गरे ।स्थानीय तहहरुलाई भ्रष्टाचारमुक्त स्थानीय तह बनाउनका लागि निष्ठापूर्वक कामगर्न अध्यक्ष केसीले आफ्ना पार्टीका जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।प्रदेश सांसद तारा जीसीले पार्टीको अनुशासन, नीति, सिद्वान्तलाई पूर्णपालना गरेर जनताको हितमा काम गर्नुपर्नेमा जोड दिइन।बाग्लुङ जिल्ला समन्वय समितिका संयोजक अमर थापाले राष्ट्रिय जनमोर्चाको बैचारिक पक्ष सुन्दरता भएकाले पार्टीको छविलाई कायम राखेर जनताको पक्षमा काम गरेमात्र असल जनप्रतिनिधि बन्न सकिने बताए।राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले क्रान्तिकारी रुपान्त्रणका लागि जनताको पक्षमा काम गर्न आग्रह गरे ।कार्यक्रममा अर्घाखांची भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा, प्यूठान मल्लरानी गाउंपालिकाका अध्यक्ष कृष्ण खड्का, महिला जनप्रतिनिधि सीता आचार्यलगायतले बोल्दै स्थानीय तहहरुलाई जनमैत्री बनाउनु पर्नेमा जोड दिंदै आफुहरुले अन्य पार्टीका जनप्रतिनिधिले भन्दा फरक र कान्तिकारी रुपान्त्रणमा आधारित प्रगतिशील काम गर्ने प्रतिवद्वता जनाएका छन् । अखिल टे«ेड युनियन महासंघ अन्टुकका अध्यक्ष लोकराज भुसालले संघीय प्रणाली असफल सिद्व भैसकेको अवस्थामा स्थानीय तहहरुलाई अधिकारमुखि र पारदर्शीता बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुलाई आफ्नो पहिचान कायम गर्नेगरी जनताको हितमा काम गर्न आग्रह गरे । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको सञ्चालनमा कार्यक्रम भएको थियो । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा पार्टी नेतृत्व, स्थानीय तह विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित २ सय २२ जना जनप्रतिनिधिको सहभागिता रहेको छ ।