तत्काल एमालेसंग एकता सम्भव छैन – बामदेव

बुटवल, साउन १७ गते ।नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यूंतीने दावी गरेका छन् । आगमी संघ र प्रदेशको निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा व्यूंतीने बामदेवको दावी छ ।आफु कम्युनिष्ट पार्टीलाई एक बनाउनुपर्छ भन्ने अभियानमा लागेको भन्दै गौतमले बाम एकताकै लागि एकता राष्ट्रिय अभियान गठन गरिएको बताए।उनले नेकपा विभाजन नहुंदै र विभजनपछि पनि आफु एकताको पक्षमा उभिएको बताए। मंगलबार रुपन्देहीको भैरहवामा पत्रकारहरुसंग कुरा गर्दै नेता गौतमले वाम एकताका लागि एकीकृत समाजबादी र माओवादीसंग वार्ता भैरहेको खुलसा गरे ।कहिले र कहां कोकोसंग वार्ता भएको विषयमा भने नेता गौतम खासै बोलेनन् । उनले सके निर्वाचन अघिनै नभए निर्वाचनपछि भएपनि पार्टी एकता हुनुपर्ने गरी आफुहरु लागेको बताए।पूर्व गृहमन्त्रीसमेत रहेका गौतमले एमालेसंग आफुहरुको तत्काल एकता भईहाल्ने अवस्था नरहेको स्पष्ट पार्दै उनले भने– एमाले अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीसंग पार्टी एकता हुन सक्ने र माओवादीसंग कार्यगत एकता हुनसक्ने गरी छलफल भएको आफुलाई बताएको खुलसा गरे ।निश्चित मुद्दामा नेपाली कांग्रेससंग मिलेर अगाडी बढ्न सकिने र सधैभर कांग्रेससंग मिलेर जाने, गठबन्धन गर्न नसकिने तर्क गरे ।सधैभर कांग्रेस र कम्युनिष्टबीच गठबन्धन भैरहेमा कांगे्रस र कम्युनिष्टमा भिन्नता नदेखिने बताए ।कम्युनिष्ट पार्टी एकीकृत हुन सकेनन् भने एकता राष्ट्रिय अभियान पार्टीकै रुपमा स्वतन्त्र ढंगले अघि बढ्ने नेता बामदेव गौतमको भनाइ छ ।