एमसीसी, एसपीपी, मुल्यवृद्दि र भ्रष्टाचारबिरुद्द चार दलको बिरोध

बुटवल, साउन २२ गते। बुटवलमा विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त रुपमा एमसीसी, एसपीपी, महंगी तथा मुल्यवृद्दि भ्रष्टाचारबिरुद्द बिरोध प्रदर्शन गरेका छन् ।
बुटवलको हस्पिटललाईनबाट नारा जुलुससहित बजार परिक्रमा गरेर अमरपथमा पुगेर बिरोध सभा गरिएको हो ।
उक्त सभामा नेकपाका केन्द्रीय सदस्य सरद वलीले नेकपाको देश र जनताका पक्षमा गरिएको संघर्षबाट अत्तालिएर गठबन्धन सरकारले नेकपा नेता बिरुद्ध पक्राउ पुर्जी जारी गरेर तीन बुँधे सम्झौताको उलंघन गरेको बताए।
उनले हामीद्वन्द्व चाहन्नौं राज्यले जबरजस्ति गर्छ भने मुलुक द्वन्द्वमा गए त्यसको जिम्मेबार शासकहरुनै हुने बताउँदै नेता वलीले एकीकृत जनक्रान्तिले दलाल संसदीय ब्यबस्था खारेज गरेर जनताको ब्यबस्था नल्याउँदासम्म निरन्तर संघर्ष गर्ने बताए। उनले गठबन्धनको नाममा पुरानै संसदबादमा फसेका प्रचन्डले जनयुद्ध र बलिदानपुर्ण ईतिहाँसमाथि गद्धारी गरेको समेत बताएका छन। एमसिसि एसपिपि आदि माध्यमबाट अमिरेकी साम्राज्यबाद हाम्रो आगनमै आईपुगेको बताउँदै उनले सम्राज्यबाद संगै तेसका नेपाली दलालहरुलाई संगसंगै नेपाली जनताले लखेट्नुको बिकल्प नरहेको बताए ।
बिरोध सभामा नेकपा माओबादी केन्द्र समाजबादीका केन्द्रीय उपाध्यक्ष बिनोद उपाध्यायले नेकपा संग गरेको तिनबुँधे सम्झौता बिपरित पक्राउ पुर्जि जारी गरेर सरकारले आफ्नो नैतिकता उदाङ्गो पारेको बताए।
जनतन्त्र जनजिविका एवं राष्ट्रीय स्वाधीनताका पक्षमा चारदलीय मोर्चाले निरन्तर संघर्ष गरिरहने बताउँदै नेता उपाध्यायले बिस्तारबादका दलालहरुसंग समेत निर्मम संघर्ष गरेर जानुको बिकल्प नभएकोमाबजोड दिए ।
कोणसभाको संचालन गर्दै नेकपाका युवा नेता बिरेन्द्र बिकले सरकारको पक्राउ पुर्जिले नेकपा नभाग्ने बरु सामना गरेर जाने बताए। कार्यक्रममा नेकपा लगायत मेर्चाका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।