राष्ट्रपतिको कदम स्वागतयोग्य– मसाल

बुटवल, साउन ३० गते। नेपाल कम्युनिष्ट पार्टी मसालले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता पठाउनु स्वागतयोग्य भएको बताएको छ ।
नेकपा मसालले वक्तव्य प्रकाशित गरी सो विधेयक खारेज गर्न अपीलसमेत गरेको छ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ती जारी गरी राष्ट्रपतिको कदम स्वागत योग्य भएको बताएका छन् ।
महामनत्री सिहंले जारी गरेको विज्ञप्तीमा भनिउको छ –‘प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैद्वारा पारित नागरिकता विधेयक राष्ट्रघाती भएको र त्यसका दीर्घकालिन दुश्परिणामहरू हुने कुरा निश्चित छ ।
त्यो विधेयकलाई राष्ट्रपतीले प्रमाणित नगरेर पुर्नविचारका लागि संसदमा नै पठाउने जुन कार्य गरिएको छ, त्यसलाई हाम्रो पार्टी स्वागत गर्दछ र सबै सांसदहरूसित त्यसबारे पुर्नविचार गरेर त्यसलाई अस्वीकार गर्नका लागि हामीले अपील गर्दछौँ ।’
विवादित नागरिकता विधेयकलाई सरकारले प्रक्रिया मिचेर संसदका दुवै सदनबाट पारित गरी राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएको थियो । राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगरी आज फिर्ता पठाइदिएको हो ।