काङ्ग्रेस, कम्युनिष्टलाई पढाउन सक्ने क्षमता थियो प्रदीप गिरीमा

बुटवल, भदौ ५ गते ।  बुटवल, भदौ ५ गते। कांगे्रस, कम्युनिष्टका प्रीय नेता प्रदीप गिरीको निधन भएको छ । कांगे्रसहरुलाई समाजबाद र कम्युनिष्टहरुलाई साम्यवाद पढाउन सक्ने क्षमता भएका बौद्विक नेता गिरीको ७५ वर्षको उमेरमा निधन भएको हो ।
७५ वर्षको उमेरका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा २०७९ भदौ ४ गते राती ९ः३६ बजे निधन भएको सोही अस्पतालले पुष्टि गरेको हो ।
काङ्ग्रेसका नेता तथा गान्धीवादी चिन्तकसमेत रहेका गिरी लामो समयदेखि भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीमा भएको क्यान्सरको उपचारपश्चात् केही महिनाअघि मात्र नेपाल फर्केका थिए ।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरीलाई गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा डा. पंकज बर्मन नेतृत्वको चिकित्सक टोली प्रदीप गिरीको उपचारमा खटिएको अस्पतालले जनाएको छ ।
नेता प्रदीप गिरीको निधन भएपछि देश विदेशमा रहेका नेपालीले सामाजिक सञ्चाजल मार्फत शोक व्यक्त गर्दै श्रदाञ्जली अर्पण गरेका छन् । सादा जीवन उच्च् विचारका नेता गिरीको निधनप्रति देश नै शोकमा डुवेको छ ।