प्रगतिशील पत्रकार संघको सम्मेलन फागुनमा

बुटवल, असोज ४ गते । प्रगतिशील पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन आगामी फागुन हुने भएको छ । असोज १ र २ गते प्रशिक्षणसहित दाङको भालुबाङमा सम्पन्न केन्दीय समिति बैठकले फागुनमा सम्मेलन गर्ने निर्णय गरेको हो । सम्मेलनको तिथि मितिपछि तोकिने छ ।
बैठकपछि संघका केन्द्रीय संयोजक श्यामलाल पोखरेलले जारी प्रेस विज्ञप्ति अनुसार बैठकले मिडिया काउन्सिल विधेयक खारेजीको माग गरेको छ ।
बैठकले बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिल विधेयकमा समाचार लेखेकै कारण अपराधीलाई झै लामो अवधिको सजाय प्रस्तावित गरिएकाले खारेजीको माग गरिएको हो ।
उक्त विधेयकका विरोधमा आउने पत्रकार संग सम्बन्धित संगठनहरुससित सहकार्य गर्ने बैठकले निर्णय गरेको विज्ञप्तमिा उल्लेख छ ।
त्यस्तै, केन्द्रीय सचिवालय गठन, सल्लाहकार नियुक्ति, त्रैमासिक कार्यक्रम, अक्षयकोष निर्माण लगायतका विषयबारे बैठकमा निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ । बैठकले सल्लाहाकारहरु चयन गर्नुका साथै सचिवालय गठन गरेको छ ।
त्रैमासिक रूपमा भौतिक उपस्थिति वा भर्चुअल कार्यक्रम गर्ने र पत्रकारहरुका लागि अक्षयकोष स्थापना गर्ने निर्णय भएको विज्ञप्तमिा उल्लेख गरिएको छ ।

((((((((((((
प्रेसविज्ञप्ति

२०७९ असोज ४ गते

प्रगतिशीलपत्रकार सङ्घ, नेपाल केन्द्रीय समितिको बैठक २०७९ असोज १ र २ गते दाङको भालुबाङमाभौतिकउपस्थिति र भर्चुअलदुवै माध्यमबाट सम्पन्नभएको छ । बैठकका निर्णयहरू सार्वजनिकगर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१. बैठकले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको मिडिया काउन्सिलविधेयकको विरोध गर्ने गरेको छ । समाचार लेखेकै कारणमा अपराधीलाई झैँ लामो अवधिको सजाय प्रस्तावितगरिएको उक्तविधेयकगलत छ ।त्यस्तै, विधेयकमा प्रेस स्वतन्त्रता विरुद्ध कैयौँ गम्भीर आपत्तिजनकविषयहरू समावेश गरिएकाछन् ।हाम्रो सङ्गठन उक्तविधेयकखारेजीको मागगर्दछ ।त्यसका साथै यस विधेयककाविरोधमाआउने पत्रकार सङ्गठनसित हाम्रो सङ्गठनले सहकार्य गर्ने छ ।
२. प्रगतिशीलपत्रकार सङ्घको प्रथम राष्ट्रिय सम्मेलन आगामीफागुनमहिनामागरिने छ ।त्यसको मिति, स्थान र अन्यआवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिइएको छ ।
३. सङ्गठनको संशोधितविधानपारित गरिएको छ ।त्यसका साथै घोषणापत्र लेखनकालागिश्यामलालपोखरेल, प्रकाशथापामगर, सुमन अधिकारी, विद्यानाथअधिकारी र नारायण गिरी समावेश रहनुभएको समिति गठन गरिएको छ ।
४. केन्द्रीय सचिवालय गठन गरिएको छ ।त्यसमाश्यामलालपोखरेल, प्रकाशथापामगर, विनोद पौडेल, विद्यानाथअधिकारी, प्रज्ज्वल पहाडी, ताराप्रसाद शर्मा र महेश रिजाल रहनुभएको छ ।एवम् प्रकारले सल्लाहकारमाबाँकेबाट जगदीश ढकाल रपर्शुराम लामिछाने तथा डोटीबाट डबल बोगटीलाई चयन गरिएको छ ।
५. केन्द्रीय समितिको तर्फबाट त्रैमासिक रूपमाभौतिकउपस्थितिवाभर्चुअल कार्यक्रमगर्ने ठेगानभएको छ ।त्यसको व्यवस्थापनसितसम्बन्धितआवश्यक निर्णय सचिवालयले गर्ने छ ।
६. संस्थादर्ताबारे आवश्यक छलफल गर्नका लागिश्यामलालपोखरेल, प्रकाशथापामगर, विनोद पौडेल, नारायण गिरी र गोपाल भट्टराईसहितको समितिनिर्माणगरिएको छ ।
७. बैठकले पत्रकारिता पेसाकोप्रोत्साहन र सम्मानस्वरूपपत्रकारलाई पुरस्कार दिनअक्षयकोष निर्माण गर्न पहलगर्ने गरेको छ ।
८. बैठकले सङ्गठनको आन्तरिक परिचालनसम्बन्धीअन्य कैयौँ निर्णयहरू पनिगरेको छ ।

श्यामलालपोखरेल
(संयोजक)