अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौं, असोज १२ गते । विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक अमेरिकी सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रुडो नेपाल आएकी छन्।
अमेरिकाको विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसनबारे चीनले भ्रम फैलाएको भन्दै सो भ्रम चिर्ने उद्देश्यले ट्रुडो नेपाल आएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
ट्रुडोले नेपालमा रहँदा मिथ्या सूचना र लोकतन्त्रमा सञ्चारको भूमिकाबारे विभिन्न क्षेत्रका व्यक्तिसँग अन्तर्क्रिरया गर्ने कार्यक्रम रहेको विदेश मन्त्रालयले प्रेस विज्ञप्तिमा जनाएको छ।अमेरिकाले चीनले नेपालमा अमेरिकी परियोजनाविरुद्ध भ्रमपूर्ण सूचना फैलाएको आरोप लगाइरहेको छ ।

नेपाल भ्रमणमा आउन लागेकी अमेरिकी वरिष्ठ कूटनीतिज्ञ ट्रुडोले चीनका तर्फबाट अमेरिका र अमेरिकी मान्यताविरुद्ध फैलाइएका मिथ्या सूचनाको प्रतिवाद कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गर्नेछिन् ।
पछिल्लोपटक नेपालमा अमेरिकाले अघि सारेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे चीनले सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमणपूर्ण सूचना दिएको आरोप अमेरिकाले लगाएको थियो। तर चीनले उक्त आरोप अस्वीकार गरेको थियो।