रुपन्देहीका राजु गुरुङको उम्मेदवारी खारेज

बुटवल, कार्तिक ४ गते । रुपन्देही २ का गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि उनको उम्मेदवारी खारेज भएको हो। राजु गुरुङलाई यस अघिको अल्पकालीन अन्तरिम आदेश दिएको थियो।
आयोगले बैंकिङ कसुरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो ।
कालो सूचीमा नाम रहेकाले गुरुङको उम्मेदवार हुन नपाउने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ ।