राष्ट्रिय जनमोर्चा तिलोत्तमाको सांगठनिक अभियान जारी

तिलोत्तमा । राष्टिय जनमोर्चा तिलोत्तमाले पूर्व घोषित सांगठनिक कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । शनिवार तिलोत्तमाको वार्ड नम्वर ३ र ४ को संयुक्त भेला सहित विरोध सभा गर्यो । राजमोको प्रतिगमन विरुद्धको संघर्ष र संगठन अभियान अन्तरगत रूपन्देहीको तिलोत्तमा नगरमा विरोध सभा सहित भेलाहरु जारी रहेको राजमो नगर उपाध्यक्ष हर्क बहादुर टण्डनले जनाकारी दिए ।
वडा भेलालाई सम्वोधन गर्दै राष्टिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष तथा रूपन्देही अध्यक्ष बद्रे आलमले देशमा लामो संघर्षबाट प्राप्त उपलव्धीहरु गुम्ने खतरा भएको भन्दै सचेत हुन आग्रह गरे । उनले वर्तमान प्रतिनिधिसभाको पुनस्थापनाका लागि पुन एक पटक संघर्ष गर्नुको विकल्प नरहेको बताए ।
राजमो केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद तारा जिसीले जनताको हकहितका लागि शसक्त आन्दोनको आवश्यकता औलाइन् । उनले जनताको म्यान्डेट पाएको सरकारले प्रतिगमनकारी कदम चाल्नु गलत भएको बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का रुपन्देही प्रवक्ता नारयण जिसीले देशमा महंगी, भ्रष्टाचार जस्ता गतिविधि जनताको ढाडै सेक्ने गरी मौलाइरहेको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गरे ।
तिलोत्तमा नगर समिति अध्यक्ष रूक बहादुर पराजुलीको अध्यक्षता, यम बहादुर परियारको संचालन र तुल्सीराम उपाध्यायको संचालनमा संयुक्त भेला तथा विरोध सभा सम्पन्न भएको थियो ।

यसैविच भेलाले दुइ वटै वडामा वडा कार्यसमिति चयन गरेको छ । वडा नम्वर ३मा तुल्सीराम उपाध्यायको अध्यक्षतामा वडा समिति चयन गरेको हो । जसको उपाध्यक्ष इन्दीरा ज्ञावली,सचिव नगेन्द्र राज श्रीनेत, सह सचिवमा इन्द्र बराल र कोषाध्यक्ष मिनु थापा चयन भएका छन् । समितिको सदस्यहरूमा निर्मला श्रीस, हेमराज शर्मा, देवीराम शर्मा, हेमलाल भुसाल, डिल बहादुर रजाली रहेका छन् ।
त्यस्तै भेलाले सल्लाहकारका रुपमा लिला बहादुर केसी, ईश्वरी शर्मा र माया शर्मालाई चयन गरेको छ ।

यस्तै वडा नम्वर ४ मा अध्यक्ष यम बहादुर परियार रहेको वडा कार्यसमिति चयन भएको छ । जसको ,उपाध्यक्ष नर बहादुर थापा,सचिव शिवा थापा सहसचिव शंकर परियार कोषाध्यक्ष बिष्णु सुनार सदस्यहरू मुकुन्द पौडेल,राज कुमारी परियार,डिबि थापा क्षेत्री,मीन बहादुर नेपाली,संगिता परियार चयन भएका छन् । समितिको सल्लाहकार मा देवा गिरी र प्रेमनारायण आचार्यलाई चयन गरिएको छ ।