निर्वाचन बहिष्कार गर्न स्वतन्त्र नागरिक समूह नेपालको आग्रह

  बुटवल, कार्तिक १९ गते । स्वतन्त्र नागरिक समुह नेपालले आगमी मंसिर ४ गतेको निर्वाचन बहिष्कार गर्न मतदालाई आग्रह गरेको छ ।
अहिलेसम्म सत्तामा रहेका दल ति दलका नेताहरुको सत्ता स्वार्थका कारण संविधान फेल भएकाले यिनै दल र दलका नेताहरुलाई जिताएर फेरी पनि सत्तामा पठाउनका लागि अमुल्य मत दिन नहुने स्वतन्त्र नागरिक समूहले बताएको छ ।
  स्वतन्त्र नागरिक समूह नेपालले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी समूहका अध्यक्ष विश्राज गैरेले मंसिर ४ गतेको निर्वाचन शान्तिपूर्ण रुपमा बहिष्कार गरिने बताए ।
कुनै नागरिकलाई गलत ढंगको व्यवहार नगर्ने, कुनै लफडा र चक्का जाम नगरी निर्वाचन शान्तिपूर्णमा रुपमा बहिष्कार गर्ने बताए ।
यो संविधान फेल भएकाले अर्को संविधान बनाउनका लागि आन्दोलन जारी राख्ने र यो संविधान नै नमान्ने भएकाले अहिलेको निर्वाचन आयोगको आचारसंिहता पनि नमान्ने अध्यक्ष गैह्ेले बताए ।
गलतबाटोबाट ल्याईएको धर्मनिरपेक्षता, देशका लागि आवश्यक नभएको संघीयता र एमसीसी परियोजनाले देशको राष्ट्रियता र स्वाधिनता कमजोर भएको अध्यक्ष गैह्ेको दावी छ ।
धार्मिक सहिष्णुता सहितको हिन्दु राष्ट्र, अधिकार सम्पन्न स्थानीय निकाय, प्रदेश खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति शासन प्राणाली नेपालका लागि आवश्य हुने उनको तर्क छ ।स्वतन्त्र नागरिक समूह नेपालका महासचिव टोपबहादुर केसीको सञ्चालन र उपाध्यक्ष दीलबहादुर रानाको स्वागतमा कार्यक्रम भएको थियो ।