विकासका लागि गठबन्धनले जित्नुपर्छ – बालकृष्ण खांण
बुटवल, कार्तिक २६ गते । नेपाली कांगे्रसका नेता तथा गृहमन्त्री बालकृष्ण खांणले जनताको जनाधिकारलाई सरकारले सम्मान गर्ने बताएका छन् ।
निर्वाचनबाट आम जनताले आफ्नो प्रतिनिधि छान्ने अधिकार पाउने बताउंदै त्यसको सरकार र पांच दलीय गठबन्धनले सम्मान गर्ने बताए ।
शनिबार रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले आयोजना गरेको सभामा बोल्दै गृहमन्त्री खांणले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्ने र जनताले दिने आदेशको सरकारले सधै सम्मान गर्ने उनले बताए ।
मर्चवार र समग्र देशको विकास गठबन्धन वा कांग्रेसले जिते मात्रै सम्भव हुने दावी गर्दै उनले भने –२०७४ को निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसले जितेपछि विकासका धेरै योजनाको सुरुवात गरिएको थियो । अब ती काम पूरा गर्न र नयंाँ योजना ल्याउन कांग्रेसको जित जरुरी रहेको छ ।
मर्चवारको विकासका लागि प्रमोदकुमार यादवलाई जिताउन आग्रह गर्दै उनले भने प्रमोद यादवलाई जिताए आफुले मन्त्री बनाउन सहयोग गर्ने र यादव मन्त्री भए मर्चवारीको विकासले फड्को मार्ने गृहमन्त्री खांणको भनाइ छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ४ का उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रमोदकुमार यादवले मर्चवारको विकास गर्ने की पूरानै अवस्थामा राख्ने फैसला गर्ने दिन मंसिर ४ रहेको बताए ।
उनले आफ्नो कार्यकालमा मर्चवारको शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि लगायतका क्षेत्रमा धेरै काम भएको दावी गर्नुभयो । क्षेत्र नम्बर ४ (क) का उम्मेदवार अष्टभुजा पाठक र (ख)का उम्मेदवार वसिउद्दिन खांनले मर्चवारलाई रुपन्देहीको सबैभन्दा विकसित क्षेत्र बनाउन आफूहरु लागेको बताए ।