गिलासमा मत दिन जनता उत्साहित हुनुहुन्छ – गणेश आचार्य


राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष हुन्, गणेश आचार्य । प्यूठान ऐरावती गाउंपालिका दाङवाङ निवासी युवा नेता आचार्य केही वर्षदेखि बसाई सराई गरी दाङको घोराहीमा बस्दै आएका छन् ।अनेरास्ववियु छैठौंबाट राजनीतिक यात्रा शुरु गरेका युवा नेता गणेश आचार्य राष्ट्रिय जनमोर्चाका उदयमान युवा नेता हुन् ।
युवा नेता गणेश आचार्यलाई २०७९ मंसिर ४ गतेहुने निर्वाचनमा राष्ट्रिय जनमोर्चाले समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।
पछिल्लो समय दाङमा संगठनकर्ताको रुपमा परिचित गणेश आचार्य केही दिन यतादेखि जनताको घरदैलोमा साथिहरुसंगै चुनावी अभियानमा छन् । उनै युवा नेता गणेश आचार्य र नयांदिशा अनलाइनका सम्पादक श्यामलाल पोखरेलबीच भएका संक्षिप्ती कुराकानी ।
तपाई राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी के का लागि ?
उम्मेदवारी मेरो भन्दा पनि पार्टीको हो । पार्टीले मलाई विश्वास गरेर उम्मेदवारी बनाए पछि म उम्मेदवारी भएको हु । गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि मेरो उम्मेदवारी हो ।
अग्रगमनको पक्षमा प्रतिगमनका बिरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउनका लागि मेरो उम्मेदवारी हो । म पार्टी क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि उम्मेदवार बनेको हु ।
तपाईले चुनाव जित्ने वा पार्टीले तपाईलाई माननीय बनाउला त ?
मलाई पार्टीले माननीय बनाउनु भन्दा पनि मलाई पार्टीले विश्वास गरेर समानुपातिक उम्मेदवार बनाएको हो । म आफै उठेको होइन । त्यो पार्टीले निर्णय गर्ने कुरा हो । मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । मैले झण्डै २५ वर्ष लामो समय पार्टीमा काम गरेको छु । पार्टी क्रान्ति र परिवर्तनका लागि निरन्तर लागेको छु । अधिकांस समय मैले जनताको घरदैलोमा दिन बिताएको छु ।
दाङवासी मतदाताहरुप्रति मेरो घनिष्ट सम्बन्ध छ । म जनताको साथमा छु । मलाइ जनताको भर र विश्वास छ । मैले अहिलेसम्म पार्टीमा र जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको पनि छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको म माथिको विश्वास छ, त्यसकारण मैले भन्दा पनि पार्टीले चुनाव जित्छ ।
चुनावको तयारी के कस्तो छ ?
हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनमा छ । हामी गठबन्धन दलकबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा छौ ।
गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आम मतदाता, नेता कार्यकर्तासंग भेटघाट सम्पन्न भईसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझमा छौ । साथिहरु दिनरात जनताको घरदैलोमा हुनुहुन्छ । मतदाता शिक्षाका लागि पनि साथिहरुसंगै म घरदैलोमा छु ।
गिलास चिन्हमा भोट हाल्न र गठबन्धनप्रति जनता उत्साहित छन् । साथिहरु पार्टीको निर्देशनमा देशरभर चुनावी अभियानमा हुनुहुन्छ ।
तपाईहरुको पार्टी कांग्रेसको पछाडि हिड्यो भन्ने आरोप छ, के राष्ट्रिय जनमोर्चा कांगे्रसकै पछि लागेको हो त ?
मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडियाकर्मीले लेख्न आवश्यक ठान्दछु मैले ।राष्ट्रिय जनमोर्चा कांगे्रसको पछिलाग्यो भन्ने प्रतिगामी, बिरोधीहरुको झुटा आरोप हुन् । बिरोधी तथा प्रतिगामीहरुले कहिल्यै पनि कम्युनिष्ट पार्टीप्रति सकरात्मक हुदैनन् । राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लगडाई लडेर ल्याएको २०७२ को संविधान र गणतन्त्रको रक्षाका लागि कांगे्रस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीसंग चुनावी गठबन्धन गरेको हो ।
यो पांच दलीय गठबन्धनमा कांगे्रस मात्र छैन । अग्रगमन चाहाने अन्य पार्टी पनि छन् । यो संविधानको कैयौ अन्तर वस्तुसंग हाम्रा बिमती छन् । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरेर अगाडी बढेर सामान्य जनताका आधारभूत समस्या समाघान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।
यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हांै । तर केपी ओलीको सरकारले २।२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनस्थापना भयो । जसले गर्दा फेल भैसकको संविधान जोगिएको हो ।
राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । तपाईहरु फेरी संघीयता ठिक छ भन्ने दलहरुसंग चुनावमा हुनुहुन्छ ?
नेपालको हकमा शुरुमा संघीइताको बिरोध गर्ने हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा हो । तर फेरी हामी संघीय प्रणालीकै बिरोधी भने होइनौ नेपालको हकमा संघीयता ठिक हुन्न र छैन भन्ने हो। हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ र विकेन्द्रि कराण्को आधारमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु पर्छ भन्ने हो ।
पहिला हामी र हाम्रो पार्टी मात्र संघीयतको विपक्षमा थियो भने अहिले अन्य पार्टीहरुले निर्णय मात्र गर्न नसकेका हुन् । नपालको हकमा संघीयता आवश्यक होइन्छ भन्ने बुझी सकेका छन् ।
हामी संघीयता ठिक छ भन्ने पार्टीहरुसंग चुनावी गठबन्धन भएपछि पांचदलीय गठबन्धनमा फरक फरक मत र बिचार राख्ने पार्टी छन् । आआफ्ना फरक मतहरुलाई थाती राखेर ओलीको दुई दुई पटकको संसद विघटनको प्रतिगामी षडेयन्त्रका बिरुद्व गठबन्धन बनेको हो ।
शुरुमा संघीयता संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । नेपालको हकमा हामीले संघीयतालाई स्वीकारदैनौ । तर हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाँउछौ । संघीयता पूर्णरुपमा खारेज नहुंदासम्म सडक र सदनबाट हामी संघीयताको बिरोध गर्छौ र जनतलाई सचेत बनाउंछौ ।
के कस्ता एजेण्डा लिएर जनातसंग भोट माग्न जानुभएको छ ?
हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्धाको कमी छैन । हामीले हिजोपनि जनताको सेवक भएर काम गरेका हौ । हामी आज पनि जनताका सेवक हौ र हामी भोली पनि जनताका सेवक बन्ने छौ । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौ । राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका बिरुद्व हाम्रो सम्झौताहिन संघर्ष जारी रहने छ ।
चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ, यसलाई रोक्नुको अर्को विकल्पै छैन । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारमा अनियमिततालाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनिकिकरण गरेर व्यवसाय र आयमूलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ ।
गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ हामीले यो चुनावलाई उपयोग गरेका हौ ।
गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरेसम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारको पनि रक्षाहुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि गठबन्धन आवश्यकता बनेको हो ।
एमालेसंग डराएर पांच दलीय गठबन्धन भएको भन्ने आरोप छ, तपाई के भन्नुहुन्छ ।
यो सरारस झुटको खेती हो । मैले यस अघि नै भनी सके पांच दलीय गठबन्धन प्रतिगमनका बिरुद्व हो । यो संविधान र गणतन्त्रको रक्षाका लागि हो । कसैसंग डराउने विषय छैन ।
नेपालको इतिहांसको खासखास मोडमा अग्रगामी शक्तीबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहांसले प्रमाणित गरेको छ । हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६३।०६३ को जनआन्दोलन लगायतका विशेष अवस्थामा कांगे्रस कम्युनिष्ट एक भएर लडेको इतिहांस छ । राजनीति अध्ययन गरेमा बुझीन्छ ।
गठबन्धनप्रति जनताको चासो कस्तो देख्नु भएको छ ?
देश र विदेशमा रहनुभएका नेपाली गठबन्धनप्रति उत्सातिह हुनुहुन्छ । प्रतिगमनलाई जसरी पनि परास्त गर्नुपर्छ भन्ने जनताको चाहाना छ । गठबन्धनप्रति जनताको उत्साह बढ्दो छ ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










