समानुपतिकमा गिलास चिन्हमा , संघ र प्रदेशमा गठबन्धनलाई मत दिनुहोला – पदम श्रेष्ठ

रुपन्देहीको बुटवल निवासी पदम श्रेष्ठ उद्योगी व्यवसायी हुन् । लामो समयदेखि नेकपा मसालको राजनीतिलाई समर्थन गर्दै आएका पदम श्रेष्ठ राष्ट्रिय जनमोर्चा बुटवलका अध्यक्ष हुन्, भने रुपन्देही राष्ट्रिय जनमोर्चाका सल्लाहाकार हुन् । सबैका विश्वासिला र आफ्ना कुरा प्रष्टसंग प्रस्तुत गरेर अरुलाई सजिलै आर्कषित गर्न सक्ने श्रेष्ठ सबैका लागि खुल्ला किताव हुन् ।
उनै पदम श्रेष्ठ यही २०७९ मंसिर ४ गते हुने निर्वाचनमा रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाको तर्फबाट समानुपातिक उम्मेदार छन् ।
चुनावको दिन नजिकिदै गरेको अवस्थामा साथिहरुसंग घरदैलो कार्यक्रममा व्यस्त रहेका पदम श्रेष्ठ र नयांदिशा अनलाइनका सम्पादक श्यामलाल पोखरेलसंग भएका संक्षिप्त कुराकानीका केही अंश ।

तपाई राष्ट्रिय जनमोर्चाबाट समानुपातिक उम्मेदवार हुनुहुन्छ । उम्मेदवारी के का लागि ?

उम्मेदवारी मेरो भन्दा पनि पार्टीको हो । पार्टीले मलाई विश्वास गरेर चुनावमा उठ भन्यो म उम्मेदवार बने । गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेजीका लागि मेरो उम्मेदवारी हो । अग्रगमनको पक्षमा प्रतिगमनका बिरुद्व र जनताको अहिलेको अवस्थामा परिवर्तन ल्याउनका लागि मेरो उम्मेदवारी हो । म पार्टी क्रान्ति, परिवर्तनका लागि जनताको पक्षमा उभिएकाले पार्टीले विश्वास गरेपछि उम्मेदवार बनेको हु ।

तपाईले चुनाव जित्ने वा पार्टीले तपाईलाई माननीय बनाउला त ?

म सांसद हुनुपर्छ भन्ने होइन । पार्टीलाई आवश्यक लाग्यो भने पार्टीले बन भने बन्न पनि सकिन्छ । पार्टीमा लागेको सांसद हुन मन्त्री हुन होइन । राजनीतिक रुपमा देश परिवर्तन गर्न हो ।
मलाई पार्टीले माननीय बनाउनु भन्दा पनि मलाई पार्टीले विश्वास गरेर समानुपातिक उम्मेदवार बनाएको हो । म आफै उठेको होइन । त्यो पार्टीले निर्णय गर्ने कुरा हो । मैले राजनीति अहिले मात्र चुनावको मुखमा आएर गरेको हैन । मैले झण्डै २५ वर्ष लामो समय पार्टीमा काम गरेको छु । पार्टी क्रान्ति र परिवर्तनका लागि निरन्तर लागेको छु । अधिकांस समय मैले जनताको घरदैलोमा दिन बिताएको छु ।
म जनताको साथमा छु । मलाइ जनताको भर र विश्वास छ । मैले अहिलेसम्म पार्टीमा र जनताप्रति कुनै अविश्वास हुने खालका काम गरेको पनि छैन । जसले गर्दा मेरो लगनशीलता विश्वास, पार्टीको म माथिको विश्वास छ, त्यसकारण मैले भन्दा पनि पार्टीले चुनाव जित्छ ।
चुनावको तयारी के कस्तो छ ?

हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा गठबन्धनमा छ । हामी गठबन्धन दलकबीच सामूहिक कार्यक्रम बनाएर जनताको मन जित्ने गरी घरदैलोमा छौ ।
गठबन्धन दलहरुको बैठक बसेर कार्यक्रम बनेका छन् । पहिलो चरण आम मतदाता, नेता कार्यकर्तासंग भेटघाट सम्पन्न भईसकेका छन् । र हामी दोस्रो चरणमा पनि अझै मसिनो गरि जनता माझमा छौ । साथिहरु दिनरात जनताको घरदैलोमा हुनुहुन्छ । मतदाता शिक्षाका लागि पनि साथिहरुसंगै म घरदैलोमा छु ।गिलास चिन्हमा भोट हाल्न र गठबन्धनप्रति जनता उत्साहित छन् । साथिहरु पार्टीको निर्देशनमा देशरभर चुनावी अभियानमा हुनुहुन्छ ।

तपाईहरुको पार्टी कांग्रेसको पछाडि हिड्यो भन्ने आरोप छ, के राष्ट्रिय जनमोर्चा कांगे्रसकै पछि लागेको हो त ?

मिडिया र मिडियाकर्मीहरुले बुझ्न र जनताले बुझ्ने गरी मिडियाकर्मीले लेख्न आवश्यक ठान्दछु मैले ।राष्ट्रिय जनमोर्चा कांगे्रसको पछिलाग्यो भन्ने प्रतिगामी, बिरोधीहरुको झुटा आरोप हुन् । बिरोधी तथा प्रतिगामीहरुले कहिल्यै पनि कम्युनिष्ट पार्टीप्रति सकरात्मक हुदैनन् । राष्ट्रिय जनमोर्चाले ७० वर्ष लामो लगडाई लडेर ल्याएको २०७२ को संविधान र गणतन्त्रको रक्षाका लागि कांगे्रस, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका पार्टीसंग चुनावी गठबन्धन गरेको हो ।
यो पांच दलीय गठबन्धनमा कांगे्रस मात्र छैन । अग्रगमन चाहाने अन्य पार्टी पनि छन् । यो संविधानको कैयौ अन्तर वस्तुसंग हाम्रा बिमती छन् । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले संघीयता स्वीकारको छैन । यो संविधान २०४७ को भन्दा प्रगतिशील भएकाले हामीले यो संविधानलाई फेल गराउन हुन्न । यसलाई रक्षा गरेर अगाडी बढेर सामान्य जनताका आधारभूत समस्या समाघान गर्न सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ ।
यो विचार व्यक्त गर्नुभन्दा अगाडि देशको वर्तमान परिस्थितीको बारेमा बुझ्यौं भने सही निश्कर्षमा पुग्न सकिन्छ भन्ने मलाई लाग्छ । सैद्धान्तिक रुपमा हामी फरक विचार राख्ने पार्टीका मान्छे हांै । तर केपी ओलीको सरकारले २।२ पटक संसद विघटन गरेपछि गणतन्त्र र धर्म निरपेक्षता नै खतरामा परेको कारण हामीले विशेष गरेर ५ दलले गठबन्धन गरेर संसद पुनस्थापनाको लागि सडकदेखि आवाज उठायौं र संसद पुनस्थापना भयो । जसले गर्दा फेल भैसकको संविधान जोगिएको हो ।
नेपालको इतिहांसको खासखास मोडमा अग्रगामी शक्तीबीच कार्यगत एकता र गठबन्धन हुने गरेको छ । इतिहांसले प्रमाणित गरेको छ । हामी पञ्चायतको अन्त्यका लागि २०४६ को जनआन्दोलनमा, २०६३।०६३ को जनआन्दोलन लगायतका विशेष अवस्थामा कांगे्रस कम्युनिष्ट एक भएर लडेको इतिहांस छ । राजनीति अध्ययन गरेमा बुझीन्छ ।
राष्ट्रिय जनमोर्चा संघीयता विरोधी पार्टीको रुपमा परिचित छ । तर तपाईहरु फेरी संघीयता ठिक छ भन्ने दलहरुसंग चुनावमा हुनुहुन्छ ?

नेपालको हकमा शुरुमा संघीइताको बिरोध गर्ने हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा हो । तर फेरी हामी संघीय प्रणालीकै बिरोधी भने होइनौ नेपालको हकमा संघीयता ठिक हुन्न र छैन भन्ने हो। हाम्रो जस्तो सानो मुलुकले आर्थिक रुपले संघीयता थेग्नै सक्दैन र संघीयता खारेज गर्नुपर्छ र विकेन्द्रि कराण्को आधारमा स्थानीय तहलाई अधिकार सम्पन्न गराउनु पर्छ भन्ने हो ।
पहिला हामी र हाम्रो पार्टी मात्र संघीयतको विपक्षमा थियो भने अहिले अन्य पार्टीहरुले निर्णय मात्र गर्न नसकेका हुन् । नपालको हकमा संघीयता आवश्यक होइन्छ भन्ने बुझी सकेका छन् ।
हामी संघीयता ठिक छ भन्ने पार्टीहरुसंग चुनावी गठबन्धन भएपछि पांचदलीय गठबन्धनमा फरक फरक मत र बिचार राख्ने पार्टी छन् । आआफ्ना फरक मतहरुलाई थाती राखेर ओलीको दुई दुई पटकको संसद विघटनको प्रतिगामी षडेयन्त्रका बिरुद्व गठबन्धन बनेको हो ।
शुरुमा संघीयता संघीयता बेठीक छ भन्ने हाम्रो विचार अहिले पनि कायम छ । नेपालको हकमा हामीले संघीयतालाई स्वीकारदैनौ । तर हाम्रो उम्मेदवारी संघ प्रदेश दुवै तहमा छ । हामीले जितेपछि पनि संघ र प्रदेशको रोष्टमबाट संघीयता खारेजीको लागि अवाज उठाँउछौ । संघीयता पूर्णरुपमा खारेज नहुंदासम्म सडक र सदनबाट हामी संघीयताको बिरोध गर्छौ र जनतलाई सचेत बनाउंछौ ।
राष्ट्रिय जनमोर्चाले के कस्ता एजेण्डा लिएर जनातसंग भोट माग्न जानुभएको छ ?

हामीसँग जनताको माझमा जानको लागि एजेण्डा र मुद्धाको कमी छैन । हामीले हिजोपनि जनताको सेवक भएर काम गरेका हौ । हामी आज पनि जनताका सेवक हौ र हामी भोली पनि जनताका सेवक बन्ने छौ । राजनीति भनेको सेवामूलक पेशा हो । हामीले राजनीतिलाई व्यवसाय र उद्योग बनाउने छैनौ । राजनीतिलाई व्यवसाय र उद्योग बनाउनेका बिरुद्व हाम्रो सम्झौताहिन संघर्ष जारी रहने छ ।
चुनावको सन्दर्भमा पनि यो कुरा लागु हुन्छ । देशमा भ्रष्टचार अनियमितता व्याप्त छ, यसलाई रोक्नुको अर्को विकल्पै छैन । विकास निर्माण कार्यमा भएका थुपै्र प्रकारमा अनियमिततालाई रोकेर पारदर्शी गर्नुपर्नेछ । कृषिलाई आधुनिकिकरण गरेर व्यवसाय र आयमूलक तरिकाबाट अगाडि बढाउनुपर्नेछ । गणतन्त्र, धर्म निरपेक्षता तथा राष्ट्रियताको रक्षा गरौं संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ हामीले यो चुनावलाई उपयोग गरेका हौ ।
गठबन्धन गर्नुको मुख्य कारण के हो ?
देश प्रतिगमनतर्फ धकेलिएको कारण गणतन्त्र रक्षा धर्म निरपेक्षता रक्षाको लागि र अग्रगमनको लागि यो गठबन्धन आवश्यकता बन्यो । प्रतिगमनलाई परास्त नगरेसम्म देशको सविधानको रक्षा हुन नसक्ने अवस्था सिर्जना भयो । राजनिति अस्थीरताको कारणले विकासमा बाधा पुग्यो । कम्युनिष्ट विचारको पनि रक्षाहुन नसक्ने अवस्था आयो र प्रतिगमनलाई परास्त गर्नको लागि पार्टी केन्द्रबाट नै गठबन्धन गरियो र हामीलाई पनि त्यो विषय ध्यान दिएर हामी पनि गठबन्धन गरेर अगाडि बढेका छौं । सविधानको रक्षा गणतन्त्र धर्म निरपेक्षताको रक्षाको लागि गठबन्धन आवश्यकता बनेको हो ।
एमालेसंग डराएर पांच दलीय गठबन्धन भएको भन्ने आरोप छ, तपाई के भन्नुहुन्छ ।
राष्ट्रिय जनमोर्चा कसैसंग डराउने पार्टी होइन । देश र जनताको पक्षमा सम्झौताहिन संघर्ष गर्ने पार्टी राष्ट्रिय जनमोर्चा हो । राष्ट्रिय जनमोर्चा एमालेसंग डराउने कुरै हुन्न । हाम्रो पार्टीको आफ्नै नीति छ, सिद्वान्त छ, अनुशासन छ । हामी किन एमलेसंग डराउने ? बरु हाम्रो पार्टीसंग एमाले डराइरहेको अवस्था हो । एमालेसंग डरायो भन्नु झुटको खेती हो ।
संविधान र गणतन्त्रको रक्षाका लागि पांच दलीय गठबन्धन भएको हो । कसैसंग डराउने विषय छैन ।
गठबन्धनप्रति जनताको चासो कस्तो देख्नु भएको छ ?
देश र विदेशमा रहनुभएका नेपाली गठबन्धनप्रति उत्सातिह हुनुहुन्छ । प्रतिगमनलाई जसरी पनि परास्त गर्नुपर्छ भन्ने जनताको चाहाना छ । गठबन्धनप्रति जनताको उत्साह बढ्दो छ ।