नेमकिपाका प्रतिनिधिलाई विजयी गराउनुस् – हरि सुन्दर वासी


हरिसुन्दर वासी भक्तपुरका युवा हुन । नेपाल मजदुर किसान पार्टीका युवा नेता हरिसुन्दर वासी पत्रकार र साहित्यकार पनि हुन् । उनको लेखनशैली अब्बल छ ।
साहित्यमा रुची राख्ने उनमा माक्र्सवादको अध्ययन राम्रो छ । प्रष्ट र प्रखर वक्ता पनि हुन हरि सुन्दर वासी ।
श्रमिक साप्ताहिक पत्रिका व्यवस्थापनको जिम्मेवारी लिएर २०५७ सालमा भक्तपुरबाट बुटवल झरेका उनी नेपाल मजदुर किसान पार्टीका नेता हुन् ।
संसद पुनस्थापना वा प्रजातन्त्र पुनः बहालीको लागि भइरहेको प्रतिगमन विरोधी आन्दोलनलाई टेवा पुर्याउन २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका सहिदहरू दिलिप श्रेष्ठ र नवराज थापा स्मृति लुम्बिनी अञ्चलस्तरीय साहित्य सम्मेलनहरू आयोजनामा उनको महत्वपूर्ण हात छ । उनै हरि सुन्दर वासी आगमी मंसिर ४ को निर्वाचनमा रुपन्देही २ बाट नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । नयांदिशाले हरि सुन्दर वासीसंग गरेको कुराकानी ।
तपाइले नर्वाचनलाई कसरी लिनुभएको छ ?
निर्वाचन पनि एक वर्गीय र राजनीतिक आन्दोलन हो । यसकारण निर्वाचनको बेला हामी विद्यमान विभेदपूर्ण पुककजीवादी प्रजातन्त्रको विरोध गर्दै सामाजिक न्याय र आर्थिक समानतातर्फ जाने जनताको प्रजातन्त्रको पक्षमा वकालत गरिरहेका छौं । जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा देशभक्त, प्रगतिशील बुद्धिजीवी र राष्ट्रिय पुककजीपति वर्गको सहभागितामा सरकार गठन हुनेछ । जनताको प्रजातन्त्रमा शिक्षा र स्वास्थ्य निशुल्क हुनेछ, बिना उपचार कोही पनि मर्नु पर्ने छैन, योग्यता अनुसार काम र काम अनुसार ज्यालाको बन्दोबस्त हुनेछ ।

संसदीय व्यवस्थाबाट जनतालाई मुक्ति दिन सकिन्छ ?
हामी संसदीय निर्वाचन लड्दैछौं । सांसदको मुख्य काम कानुन बनाउनु हो । आज गलत कानुनकै आधार कुशासन हुककदैछ, भ्रष्टाचार र विकृति बढ्दैछ, धनी र गरिबबीचको दुरी बढ्दैछ । ठेक्कासम्बन्धी कानुन कै कारण विकास बजेटको सदुप्रयोग हुन सकेको छैन, वैदेशिक ऋणको भार बढाउककदैछ, समयमै योजनाहरू सम्पन्न हुन सकेका छैन, गतिलो निर्माण हुन सकेको छैन, बाटो बनाएको हो कि धराप थापेको हो ? प्रश्न उठिरहेको छ, अपाङ्गमैत्री कागजमा छ तर व्यवहारमा जतासुकै धरापै धराप मात्रै छ । विगतमा जितेका शासक दलका सांसदहरूले कानुन बनाउन ध्यान नदिई ठेकेदार वा ठेकेदारहरूकै विदेशी परामर्शदाताहरूलाई कानुन बनाउन जिम्मा दिएको कारण देशले यस्तो दुर्दशा भोग्नु परेको हो ।
आज सबैतिर व्यवसाय संकटमा छ तर बैङ्कहरूले अरवौं नाफा कमाइरहेको समाचार आइरहेको छ । एकातिर बैङ्कका मालिकहरू एक अर्को बैङ्कबाट आधारभुत ब्याज मात्र तिरेर सयौं करोड जनताको पैसा चलाइरहेका छन् भने साना व्यवसायीहरूले आधारभुत ब्याजमा थप ५ प्रतिशतभन्दा (प्रिमियम) ब्याज तिर्न बाध्य छन् । बैकिङ कानुनकै कारण धनी झन् झन् धनी हुने र गरिब झन् झन् गरिब हुने गति बढेको छ । कानुनी रूपमै डकैती गर्ने शासक दलहरूलाई फेरि पनि मतदान गर्नु त आफ्नै पेटमा लात मार्नु बराबर हुनेछ ।
एमसीसी परियोजनालाई कसरी हेर्नुभएको छ ?
नेपाली जनताबाट निर्वाचित शासक दलका सांसदहरूले देश र जनता विरोधी सम्झौता र विधेयक पारित गरिरहेको छ । एमसीसी सम्झौताबाट साम्राज्यवादी संरा अमेरिकाको सेनाले नेपाल आमा छातीमाथि बुट बजार्दै छ । नेपाललाई सिकीकरण गर्ने नागरिकता विधेयक पारित गरेको छ । यसकारण यस्ता देशघाती विधेयकहरू पास गर्ने देशद्रोही एमाले, कांग्रेस र माओवादी जस्ता शासक दलहरूलाई पराजित गर्न नेपाल मजदुर किसान पार्टीको मादल चिन्हमा मतदान गर्नु आवश्यक छ ।

तपाईले जित्ने आधार के हो ?
रूपन्देही क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टी जित्ने प्रमुख दुई आधार छन् ः १, देश र जनताप्रति समर्पित नेमकिपाका अग्रजहरूको भूमिका र २, शासक दलहरूको अकर्मन्यता र जनताप्रतिको विश्वासघात । नेमकिपाका सांसदहरूले संसदमा दृढतापूर्वक अटुट रूपमा देश र जनताको पक्षमा संघर्ष गरिरहेको छ । नेमकिपाले जितेको स्थानीय पालिकाहरूमा शिक्षा, स्वास्थ्य र भौतिक विकासमा नमुना काम गरिरहेको छ । भक्तपुर नगरपालिकाले देशभरका विद्यार्थीहरूलाई सस्तोमा गुणस्तरीय इन्जिनियरिङ र नर्सिङ कक्षा पढाइरहेको छ । १५ लाखमा एमबिबिएस पढाउने तयारी पूरा गरेको छ तर शासक दलका व्यक्तिहरूको लगानीमा खुलेका महङ्गा कलेज सुक्छ भनेरै स्वीकृति दिइएको छैन । नेमकिपाको सही कदमलाई मद्दत पुर्याउन सचेत मतदादातहरूले मादलमा मतदान गर्ने छन् ।
तपाईलाई जनाताको साथ के कस्तो छ ?
रूपन्देही क्षेत्र नं. २ मा सत्तारूढ गठबन्धन विभाजित भएको छ । राष्ट्रिय जनमोर्चाले नेमकिपालाई निशर्त समर्थन गरेको छ । गठबन्धनमै बसे पनि एमसीसी र नागरिकता विधेयकको विपक्षमा मतदान गरेको राजमोले नेमकिपालाई समर्थन गर्नु स्वागतयोग्य छ । नेमकिपा सिद्धान्तहिन गठबन्धनको पक्षमा छैन । कांग्रेससहित गठबन्धन वा एमालेसहितको गठबन्धन दुवै देश र जनताको पक्षमा छैनन् । निर्वाचनमा आफ्नो विचार र कार्यक्रमको पक्षमा मत हाशील गर्ने हो, हामी त्यही अभ्यास छौं । तसर्थ देशको सार्वभौमसत्ता र स्वाधीनता जोगाउन मादल चिन्हमा मतदान गरेर नेमकिपाका प्रतिनिधिहरूलाई अत्यधिक मतले विजयी गराउन हार्दिक अनुरोध गर्दछु ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










