गुल्मी १ मा चन्द्र भण्डारी निर्वाचित

बुटवल, मंसिर ९ गते । गुल्मी क्षेत्र नम्बर १ मा कांगे्रस नेता डाक्टर चन्द्र भण्डारी निर्वाचित भएका छन् ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांगे्रका केन्द्रिय सदस्य भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित भएका हुन् ।
भण्डारीले ३१ हजार २ सय ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । ।भण्डारीका प्रतिद्वन्द्वी एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ३० हजार १ स १४ मत प्राप्त गरी उपविजेता बनेका छन् ।
यस अघि सोही क्षेत्रका सांसद प्रदीप ज्ञवालीले भन्दा विजेता कांगे्रस नेता चन्द्र भण्डारीले ११ सय २५ मत बढी ल्याएर निर्वाचित भएका हुन् ।
यस अघि गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका नेता गोकर्ण विष्ट निर्वाचित भैसकेका छन् ।
विष्टले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीलाई हराउंदै निर्वाचित भएका हुन् ।