महाकालीमा भारतीय बलमिच्याई  रोक्नु पर्छ – नेकपा मसाल

बुटवल, मंसिर २० गते ।भारतीय पक्षले नेपालको दार्चुलामा बलमिच्याई  गरेको छ ।भारतीय पक्षको दार्चुलामा बलमिच्याई  तत्काल रोक्न नेकपा मसालले सरकारसंग माग गरेको छ ।नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले मंगलबार प्रेस वक्तव्य जारी गरी  भारतले महाकालीमा बनाइरहेको तटबन्ध रोक्न माग गरेका छन् ।

साथै, भारतीय पक्षद्वारा नेपालीमाथि भएको ढुंगा प्रहारको घटनाप्रति मसालले भर्तसना गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,दार्चुला जिल्लाको सदरमुकाम खलङाास्थित बाङाबगडमा नेपालको भूभाग र वस्ती जोखिममा पर्ने गरी भारतले एकतर्फी बनाएको तटबन्धको हामीले विरोध गर्दछौ । त्यस क्रममा भारतको उक्त कार्यको विरोधमा उत्रिएका नेपालका स्थानीयमाथि भारतीय पक्षबाट भएको ढंगा प्रहारबाट घाइते भएका नेपालीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछौ ।

भारतीय पक्षबाट भएको त्यस प्रकारको कार्यको हामीले विरोध र भ्रत्र्सना गर्दै त्यहाँ उत्पन्न समस्यालाई समाधान गर्नका लागि सरकारले तुरुन्त कदम उठाउनुपर्नेमा हामीले जोड दिन्छौ ।

भारतले सीमानदी महाकालीको बहाव नेपालतिर धकेल्दै पक्की संरचना बनाइरहेको छ। त्यसक्रममा शनिबारदेखि दार्चुलास्थित नेपाली प्रतिकारमा उत्रीएका छन्।

प्रतिकारमा उत्रीएका नेपालीमाथि भारतीय पक्षले ढुंगा हानेको थियो। त्यसक्रममा बालबालिकासहित केही नेपाली घाइते भएका छन्।