तिलोत्तमामा ‘प्रिन्सेस पेट हाउस’ संचालनमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा घरपालुवा कुकुर, सुगा, लववर्ड जस्ता शोभाजन्य प्राणीहरु उपलव्ध गराउने गरी पेट हाउस संचालनमा आएको छ । तिलोत्तमा ३ सिताराइसमिलमा प्रीन्सेस पेट हाउस एण्ड भेट क्लीनिकको सोमवार शुभराम्भ गरिएको हो ।

विभिन्न प्रजातिका कुकुर, सुगा, लभवर्ड र ती प्राणीका लागि अवश्यक दैनिक उपभोग्य समाग्री समेत उपलव्ध गराउने गरी हाउस संचालनमा ल्याइएको प्रवन्धक किरण भन्डारीले बताए । पछिल्ला दिनहरुमा घरको सुरक्षाका लागि कुकुर पाल्ने परम्परा बढ्दै गएकोले त्यसको माग आपूर्तिको पहल सुरु गरिएको उनले बताए ।

शोखका लागि पालिने कुकुर, सुगा, लभवर्ड आदिको अनलाइन पद्धतिमा आधारित भएर सेवा दिने गरी काम सुरु गरिएको संचालक अभिशेक भन्डारीले बताए । ‘हामी अनलाइनमा पनि काम गरिहेका छौँ । सामाजिक संजालको मध्यमबाट पनि काम हुन्छ ।’–उनले भने ।

कुकुरका लागि अवश्यक भ्याक्सिनको समेत व्यवस्था रहेको श्यता रायमाझीले बताइन् ।  घरपालुवा जनावरमा सोखिनहरुका लागि लक्षित गरेर पेट हाउस संचालनमा ल्याएको उनको भनाई छ ।

कुकुरका लागि आवश्यक खोर, सुगाका लागि चाहिने पिन्जडा, दानासँगै बन्दोबस्तीका समान समेत उपलव्ध हुने उनको भनाई छ ।