कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

बुटवल, पुस ६ गते । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवा प्रतिस्पर्धी गगन थापाभन्दा दोब्बर बढी मतले विजयी भएका हुन् ।
बुधबार बिहान भएको मतदानमा देउवाको पक्षमा ६४ मत खसेको छ । पराजित भएका गगनले २५ मत ल्याए । देउवाले गगनलाई ३९ मतले पराजित गरेका हुन्।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा बिहान ८ बजेपछि सुरु भएको मतदान बिहान १० बजेतिर सकिएको थियो।
समानुपातिक सांसद माया राई सुत्केरी भएकाले ओम हस्पिटलबाट मत ल्याइएको हो, भने अरुले सिंहदरबार पुगेर मतदान गरेका थिए ।