चुनावमा हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित – बालकृष्ण खांण

बुटवल, पुस १६ गते । पूर्वगृहमन्त्री तथा कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताएका छन् ।
नेपाली कांगे्रस नेतृत्व सरकारकै बेला अन्तर्राष्ट्रिय प्रभावले आफुहरुलाइ प्रतिकुलतामा पुराएको नेता खांणको दावी छ । चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्तिहरु परिचालित भएकोसमेत दाबी गर्दै उनले चुनाव हराउने पार्टी भित्र र बाहिरको शक्ति कुन हुन त्यसबारे भने केही बोलेनन् ।
४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने – अबको ध्यान पार्टीलाइ सुदृढ र सक्षम राजनीतिक शक्तिको रुपमा स्थापित गर्नुपर्छ ।
सरकारमा रहंदा पार्टीलाई सुदृढ बनाउनेतर्फ ध्यान दिन नसकेको स्वीकार गर्द भने – सरकार बाहिर रहेको अवस्थामा पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढ्नुपर्ने दायित्व नेता, कार्यकर्ता सबैमा बढेको छ ।
उनले राजनीतिमा आउने उतारचढप्रति छिटो आत्तिन र मात्तिन नहुने बताउंदै पार्टीमा भएका कमी कमजोरीहरुलाई सुधार गर्नुपर्ने बताए ।
उनले कांगे्रस कमजोर हुंदा सिङो व्यवस्था र लोकतन्त्र कमजोर हुने भएकाले कांगे्रसलाई अझै बलियो बनाएर लोकत्नत्र बचाउनु पर्छ भने ।
कांग्रेस मूलभूत सिद्धान्त, नीति, रणनीति, दृष्टिकोणका साथमा सरकार संचालन गर्ने रणनीतिमा भने पछाडी नहट्ने उनले बताए ।
नेता बालकृष्ण खांणले वीपि बाटीकामा बनाइएको वीपीकोइरालाको अर्धकदको शालिकसमेत अनावरण गर्दै वीपीले अनुसरण गरेको सिद्वान्त मुलुकको हितमा रहेको दावी गरे ।
उक्त कार्यक्रममा कांग्रेस नेताहरु रामकृष्ण खाण, खेलराज पाण्डेय, फर्सुराम ढकाल, रामप्रसाद खनाल, बिमलराज भट्टराई, बालकुमारी भण्डारी, खिमानन्द भट्टराई लगायतले बोल्दै वीपीको मेलमिलापको नीति समय सान्दर्भिक भएको बताका छन् ।