सितलहरले तराईको जनजीवन थप कष्टकर

बुटवल, पुस २३ गते। तराईका जिल्लामा केही दिन यतादेखि बढेको जाडोले जनजीवन कष्टकर बन्दै गएको छ । पुस १७ गतेदेखि तराईमा चिसोबढेसंगै शीतलहर चल्न सुरु भएको हो। चिसो बढेसंगै सांझ बिहानको सितलहरले जनजीवन थप कष्टकर बन्दै गएको छ ।
रुपन्देहीसहित तराईका अधिकांश भू–भागमा हुस्सु÷कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालको मध्य तथा पश्चिम तराईमा अझै केही समय शीतलहर चल्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। तराईमा घाम नलागेर चिसो बढेसंगै शीतलहर चल्ने क्रम जारी छ । हिमालमा हिमपात र पहाडमा हुस्सु, कुहिरोको चाप बढ्दो छ। चिसो बढेसंगै शीतलहरले तराई क्षेत्रमा अन्यत्र भन्दा ५ डिग्री सेल्सियस अधिकतम र न्यूनतम तापक्रममा एकै पटक गिरावट आएको छ ।
रुपन्देहीको भैरहवा, सिमरा, जनकपुर, सुनसरी, बांकेलगायतका तराई क्षेत्रमा शीतलहरको चाप बढ्ने भएकाले जीउधनको रक्षा गर्न सरकारसंग महाशाखाले अपिल गरेको छ।
यस्तै चिसोका कारण मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट हुने उडान–अवतरण प्रभावित भएका छन् । सर्वसाधरण बिहान सबेरै उठेर दैनिक गतिविधि गर्न कठिन भइरहेको छ ।
चिसोले रुघाखोकी र ज्वरोका विरामी बढ्ने भन्दै सचेत रहन चिकित्सकहरुले आग्रह गरेका छन् । भिजिविलिटी कम हुंदा सडकमा सवारी साधन कम मात्रमा गुडेका छन् ।स्थानीय प्रशासनले शितलहरबाट नागरिकलाई जोगाउन आवश्यक तयारी गरेको जनाएको छ । चिसोले अस्पतालहरुमा निमोनिया, दम, रुघाखोकी लगायतका विरामीको संख्या बढेको चिकित्सकले बताएका छन् ।
चिसोबाट विशेष गरी शिशु, वालवालिका र जेष्ठ नागरिक बढी प्रभावित भएका छन् । यस्तै, दैनिक ज्याला गरी जीविका चलाउने मजदुर, गरिब तथा विपन्न परिवार चिसोबाट प्रभावित छन् ।