मुख्यमन्त्रीका लागि लुम्बिनी प्रदेशमा दावी पेश भएन

बुटवल, पुस २६ गते । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा आधा समय सरकारको नेतृत्व पाउनुपर्ने माग गरेपछि मुख्यमन्त्रीका लागि मंगलबार दावी पेश हुन सकेन । यसअघि मंगलबार दिउसो ४ बजे प्रदेश प्रमुख समक्ष एमालेका लिला गिरीले मुख्यमन्त्रीमा दावी पेश गर्ने सहमती भएको थियो ।
अघिल्लो दिन भएको सहमती अर्को दिन तथा मंगलबार माओवादी केन्द्रले उक्त सहमती नमानेपछि मुख्यमन्त्रीका लागि मंगलबार दावी पेश हुन सकेन ।
मंगलबार दिउसो ४ बजे प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्रीको दावी पेश गर्ने जानकारीसहित तयारी गरिरहेका बेला मंगलबारको उक्त कार्यक्रम स्थगीत गरिएको छ ।
नेकपा एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुने निश्चित भएका बेला सत्ता साझेदारी दल माओवादीका कारण एक दिन ढिला भएपनि लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्ने एमालेका एक नेताले नयां दिशालाई बताए ।