लोक दोहोरी गायक भिम पौडलको निधन

बुटवल, माघ १३ गते । लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ।
स्याङ्जा खुदीस्थित घरमा बिहिबार राती निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिव प्रचण्ड जीसीले जानकारी गराएका छन् ।
चर्चित लोक दोहोरी गायक पौडेल लोकदोहोरीको क्षेत्रमा सक्रिय थिए। उनी केही समयदेखि अस्वस्थ थिए।
प्रत्यक्ष दोहोरीमा लोकप्रियता कमाएका पौडेलको निधनले लोकदोहोरी क्षेत्रका लागि अपुरणीय क्षति पुगेको प्रतिष्ठानका सचिव प्रचण्ड जीसीले बताए ।
गत माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परी लोक दोहोरी गायिका रिना छन्त्यालको मृत्यु भएको थियो ।
१३ दिनको अन्तरालमा होनाहार दुई जना लोकप्रीय गायक गायिकाको निधनले लोक दोहोरी क्षेत्रमा ठूलो क्षती भएको भन्दै प्रतिष्ठानका अध्यक्ष रमेश विजीले श्रदाञ्जली अपर्ण गरेका छन् ।