राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम अधिवेशन आगमी चैत्रमा हुने

बुटवल, माघ १७ गते । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम अधिवेशन आगमी चैत्र २५ गते काठमाण्डौमा हुने भएको छ ।
यही माघ २८ गते हुने भनिएको प्रथम अधिवेशनको तयारी पुरा हुन केही बांकी रहेको र मौसमको प्रतिकुलताका कारण आगमी चैत्र २५ गते काठमाण्डौ गर्ने निर्णय भएको हो ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको काठमाण्डौमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले प्रथम अधिबेशन सार्ने निर्णय गरेको संघका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसालले जानकारी गराएका छन् ।


संघका केन्द्रिय उपाध्यक्ष शालिक राम भुसाललका अनुसार यही माघ २८ गते अधिबेशन गर्ने भनिएको भएपनि देशभर रानको शक्ति निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने र चिसो मौसमका कारण आगमी २०७९ साल चैत्र २५ गते शनिवार काठमाडौमा गर्ने निर्णय भएको हो ।
२०७९ कार्तिक १९ गथे बसेको नियमति बैठकले २०७९ माघ २८ गते काठमाण्डौमा प्रथम राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तयारी पुरा नभएको र मौसम पनि चिसो भएको ठहर गर्दै २०७९ माघ १३ गते बसेको आकस्मिक केन्द्रिय समिसतिको बैठकले आगमी चैत्र २५ गते प्रथम राष्ट्रिय अधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको केन्द्रिय कार्यसमितिले एक विज्ञप्ती प्रकाशित गरेर प्रथम अधिवेशन सरेको जानकारी गराएको छ ।
राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका अध्यक्ष र महासचिवले विज्ञप्ती जारी गरी प्रथम ऐतिहासिक महाधिवेशनको मिती परिबर्तन भएको जानकारी गराएका छन् ।