महंगो घरवाल घटाउन बुटवलका व्यवसायीको अनुरोध

श्यामलाल पोखरेल
बुटवल, माघ १७ गते । बुटवलका उधोगी व्यवसायीले चर्को घरभाडा छुट गर्न माग गरेका छन् । घर धनीको चर्को महङो भाडा र बैंकको चर्को व्याजले व्यवसाय चलाउन समस्या भएको भन्दै बुटवलका व्यवसायीले घर भाडा र बैंकको चर्को व्याज घटाउन माग गर्दै आएका थिए ।
केही महिना यतादेखि बैंकको चर्को व्याजबाट समस्या भोग्दै आएका उधोगी व्यवसायीले महङो घर भाडा घटाउन माग गरेका छन् ।
घर भाडा घटाउन माग गर्दै मंगलबार बुटवलमा उधोगी व्यवसायीले अनुरोधमूलक र्याली निकालेका छन् ।
व्यवसायीले घरवहाल र घरवहाल करमा विशेष छुटको माग गर्दै हनुरोधमूलक र्याली निकालेका हुन् ।

  रुपन्देही व्यापार संघको कार्यालयबाट विभिन्न प्लेकार्ड र व्यानरसहित निकालिएको व्यवसायीको र्यालीले बुटवल बजार परिक्रर्मा गरेको थियो ।
पछिल्लो समय बुटवलको मुख्य बजारमा नै व्यवसायीले व्यवसाय छोड्दै गएकाले थुप्रै सटरहरु खाली भएका छन् ।
बुटवलको अमरपथ, दुर्गा मन्दिरलाईन, हाटबजारलाईन, अस्पताललाईन, चौराहा, कालिकानगर, योगीकुटी लगायतका क्षेत्रमा व्यवसायीले गर्दै आएको व्यवसाय छोडेपछि घरधनीहरुले यो सटर भाडामा छ भन्दै सटर तथा घरहरुमा सूचना टांसेको देख्न सकिन्छ ।

महङो घर भाडाका कारण व्यवसाय पनि बन्द हुने र घरधनीले पनि भाडा नपाउने भएकाले घर भाडा घटाएमा व्यवसायीलाई व्यवसाय चलाउन पनि सहज हुने र घर धनीको घर तथा सटर पनि खाली नहुने भएकाले घरभाडा घटाउन घरधनीहरुलाई आग्रह गरिएको उद्योग व्यापार संघका सचिवालय सदस्य भरत केसीले बताए ।
महङको घरभाडा र बैंकहरुको चर्को व्याज चलाउन नसक्दा देशभरका व्यवसायीहरु विस्थापित हुंदै गएको रुपन्देही व्यापार संघका संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।
महंगो घरवाल र चर्को बैंकको व्याज तिरेर व्यवासइले अब व्यवसाय चलाउन नसक्ने बैंकहरुको किस्तासमेत तिर्न नसक्ने रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले बताए ।