राज्यको गलत नीतिले उधोगी व्यवसायी संकटमा – ईटा उधोगी

बुटवल, माघ २० गते । राज्यको गलत नीतिका कारण उधोगी व्यवसाय संकटमा परेको ईटा उधोेगी व्यवसायीले बताएका छन् ।राज्यको गलत नीतिकै कारण खर्वौको लगानी धरापमा परेको र उद्योगी व्यवसायी विस्थापितकोे अवस्थामा पुगेको उनीहरुले बताए ।
लुम्बिनी ईटा उधोगी व्यवसायी संघ रुपन्देहीको शुक्रबार रुपन्देहीको तिलोत्तमा सम्पन्न २४ औं बार्षिक साधारण सभामा बोल्ने उद्योगी व्यवसायीले उद्योगमैत्री नीति ल्याउन राज्यसंग माग गरेका छन् ।
बैंकहरुको चर्को व्याज तिरेर ईटा उद्योगहरु सञ्चालन गर्न नसकिने बताउंदै उद्योगी व्यवसायीका समस्याप्रति गम्भीर बन्न राज्य र तीनै तहका सरकारलाई आग्रह गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै ईटा व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार हरिप्रसाद अधिकारीले देशमा व्यवस्था परिवर्तन भएपनि राज्यको नीति ठिक नहुंदा उद्योगी व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको बताए ।
कार्यक्रममा सिद्वार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपानेले आयकर र अन्त शुल्क तिरेपनि उद्योगी व्यवासायीका समस्या राज्यले बुझ्न नसकेको बताए ।
ईटा उद्योगी शखरमिया अन्सारीले राज्य निर्माणको मेरुदण्डको रुपमा रहेका ईटा उद्योगहरु धरापमा पर्दापनि राज्यबाट केही सहयोग नमिलेको गुनासो गरे ।
कार्यक्रममा रुपन्देही उद्योग संघका उपाध्यक्ष जीवकान्त काफ्ले, चेम्वर अफ कर्मश रुपन्देही अध्यक्ष अनिल ज्ञवाली, पत्रकार सम्झना शर्मा लगायतले बोल्दै अर्थतन्त्रमा योगदान पुराउंदै आएका उद्योगी व्यवसायीका समस्याप्रति राज्य गम्भीर हुनुपर्ने बताए ।
लुम्बिनी ईटा उद्योग व्यवसायी संघ रुपन्देहीले पत्रकार यमलाल भुसाल र रविन्द्र गुप्तालाई सम्मान गरेको छ ।
अजयकुमार गुप्ताको अध्यक्षता, दीपक पौडेलको सञ्चालन र मिनबहादुर पुनको स्वागतमा कार्यक्रम भएको हो ।