राष्ट्रियता, लोकतत्र र जनअधिकारको पक्षमा सचेत बनौ – विष्णु पौडेल

बुटवल, माघ २१ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियता, लोकतत्र र जनअधिकारको पक्षमा सचेत हुन आग्रह गरेका छन् ।
युवाहरु राष्ट्रियता, लोकतन्त्र र जनअधिकारको पक्षमा जानकार हुनुपर्ने उनले बताए ।
नमस्ते नेपालले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै युवाहरुमा सही दृष्टिकोण र सही व्यवहार हुनुपर्ने उनले बताए ।
युवा वर्ग हरेक क्षेत्रमा चनाखो भएमा समाजमा विकास र शुसान कायम हुने बताउंदै उनले भने समाज परिवर्तनमा युवाहरुको सक्रियाता आवश्यक छ ।
नेकपा एमालेमा उपाध्यक्षसमेत रहेका नेता नेता पौडेलले विकास, सम्वृद्वि र सामाजिक न्यायको पक्षमा राजनीतिक दलहरु जिम्मेवार हुनुपर्ने बताए ।
सामाजिक न्याय र यस क्षेत्रको विकासका लागि प्रतिवद्व भएर काम गर्ने बताए ।