ग्याँस सिलिण्डर विस्फोटबाट घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन

बुटवल, फागुन ४ गते । ग्याँस सिलिन्डर विस्फोट हुंदा घाइते भएकी कांगे्रस नेता तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।


बुद्धनगरस्थित निवासमा बुधबार राती ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचारपछि थप उपचारका लागि अस्पतालले देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजोन अस्पतालले सुझाव दिएको छ ।
कीर्तीपुर अस्पतालले विज्ञप्ती निकाली आवश्यक उपचारका लागि सांसद भण्डारीलाई देश बाहिरको अस्पतालमा लैजान भनेको छ ।