गण्डक नहरमा हाम फालेका तीनै जना मृत फेला

बुटवल, फागुन १० गते । नवलपरासीको गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तिनै जना मृत अवस्थामा फेला परेका छन्।
नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षिया प्रतिमा थारूले ९ वर्षिय छोरा क्रिश र ७ वर्षिय सुमितलाई लिएर हाम फालेकी थिईन् ।
हाम फालेको सूचना पाएर खोजी गर्न पुगेको प्रहरी टोलीले घटनास्थलदेखि १ सय मिटर तल उनीहरू मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डिएसपी भोजराज पाण्डेले बताए ।
आफ्ना दायां बायां हातमा छोराहरूको हातलाई सलले बांधेर नहरमा हाम फालेको डिएसपी पाण्डेले बताए ।
महिलाको मानसिक सन्तुलन असामान्य रहंदै आएको स्थानीयले बताएका छन् ।
ति महिलाका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ ।
२९ वर्षिया प्रतिमा थारूले के कति कारणले छोरासहित आत्महत्या गरिन भन्नेबारे अनुसन्धान हुंदै गरेको प्रहरीले बताएको छ ।