एमाले वुटवल ३ को वडा भेला

बुटवल, फागुन २० गते । नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान अन्तरगत शनिबार बुटबल उपमहानगरपालिका वडा नम्बर ३ मा वडा भेला भएको छ । एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य मोहन चापागाईको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।

उक्त वडा भेलामा बोल्दै एमालेका प्रदेश कमिटि सदस्य मोहन चापागाईले एमाले संसदमा दोस्रो पार्र्टीका रुपमा देखिपनि जनताको भोटले पहिलो पार्र्टी रहेको बताए ।
एमाले नेतृत्व सरकारले गरेका दीर्घकालिन विकासका योजना जनताको माझमा लैजानुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी सबै लाग्नु पर्नेमा जोड दिए ।
एमालेलले अगाडी सारेको ग्रासरुट अभियानलाई टोलटोलमा पुराउनु पर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य मिना भण्डारी घनश्याम चापागाई,नगर कमिटि सदस्य नविन थापा सारु लगायतले बोलेका थिए ।
वडा कमिटि अध्यक्ष पदम रिजालको अध्यक्षयता, सचिव गणेस अधिकारीको सञ्चालन र उपाध्यक्ष भगवती गैरेको स्वागतमा कार्यक्रम भएको थियो ।