नेकपा रुपन्देहीद्दारा शहीद–बेपत्ता परिवार सम्मान

बुटवल, फागुन २० गते । नेकपा रुपन्देहीले शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । शनिवार नेकपा रुपन्देहीले सैनामैनाको दरखासीमा तत्कालिन नेकपा माओवादीको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट सुरुभएको जनयुद्धमा ०५२ साल फागुन १४ गते राज्यबाट १२ वर्षिय दिलबहादुर रम्तेल मारिएका थिए ।
त्यस्तै तत्कालिन झापा बिद्रोहमा ०२८ साल फागुन २१ गते सुखानिको जंगलमा ४ जना मारिएका थिए।


तिनै दिनहरुलाई सम्झेर नेकपाले फागुन १४ देखि २१ सम्म हरेक बर्ष सहिद सप्ताह बिबिध कार्यक्रम गर्दै आएको छ। जनयुद्धको बलमा मुलुकमा गणतन्त्र धर्मनिरपेक्षता समावेशी, नयां संविधान बनेपनि शहीद सहिद–बेपत्ता परिवारले केही नपाएको गुनासो छ ।
उक्त सम्मान कार्यक्रममा बोल्दै नेकपाका पूर्वी लुम्बिनी व्युरो ईन्चार्ज प्रज्ज्वलनले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न माग गरे ।उनले जनयुद्धलाई अपराधिकरण गर्न खोजीएको बताउंदै जनयुद्ध नभएको भए गणतन्त्र नआउने दावी गरेका छन् ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज शरद ओली, शहीद बेपत्ता परिवारकी केन्द्रिय सचिव जया, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष गुणाखर भट्टराई लगायतले बोल्दै जनयुद्धाका मुद्धाहरुलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
रुपन्देही सेक्रेटरी बिरेन्द्र सीको अध्यक्षता र तेजेन्द्र सीको संचालनमा कार्यक्रम भएको थियो ।