समाजबादी प्रेस संगठन रुपन्देहीको अध्यक्षमा विनोद परियार

  बुटवल, बैशाख ३० गते । समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुनः विनोद परियार निर्वाचित भएका छन् ।
अधिवेशनले उपाध्यक्षमा पुनहरी बेल्बासे, अर्का उपाध्यक्षमा उषाकिरण पन्थ, सचिवमा प्रतिक पौडेल, सहसचिवमा अस्मिता अधिकारी र कोषध्यक्षमा शिशिर पाण्डेलाई निर्वाचित गरेको छ । सदस्यहरुमा प्रशंशा भण्डारी, गणेश नेपाली, माधवेन्द्र यादव, वसन्त चन्द, जगन्नाथ सहानी, धनु गुरुङ लगायत चयन भएका छन् । यसअघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष विश्वमणि सुवेदीले पेशगात मर्यादाको पालना गरी पत्रकारिताको गरिमालाई थप उचाईमा पुराउन नव निर्वाचित कार्यसमितिलाई आग्रह गरेका छन् ।

समाजवादी प्रेस संगठन बिशिष्ट अवस्थामा जन्मिएको उल्ेख गर्दै उनले ने – समाजवादी प्रेस संगठन आवद्द पत्रकारहरुले पत्रकारिताको मूल्य मान्यता र मर्यादालाई आत्मसाथ गर्नुपर्छ ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले पत्रकारिता नेतामुखी बढि भएको बताए ।

अधिवेशनमा समाजवादी प्रेस संगठन, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष ह«दय भुसालले केन्द्रीय महाधिवेशन अगाडि लुम्बिनीका सबै जिल्लामा अधिवेशन सम्पन्न गर्ने गरी संगठन निर्माणको अभियानमा खटिएको बताए ।
परियारको अध्यक्षता, उषाकिरण पन्थको स्वागत एंव पुनहरि बेल्बासकेको सञ्चालनमा कार्यक्रम भएको थियो ।