युवा संघको स्थापना दिवसमा निःशुल्क खानेपानी

विष्णु घिमिरे
बुटवल, जेठ ३ गते । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले ३४ औ स्थापना दिवसको अबसरमा बुटबलको ट्राफिक चोकमा निःशुल्क खानेपानी बितरण गरेको छ ।
खानेपानी बितरण कार्यक्रमा बोल्दै राष्ट्रिय युवा संघ, नेपाल रुपन्देहीका अध्यक्ष बिकास बस्नेतले संगठनले स्थापना दिबसको अबसरमा बिभिन्न खालका साप्ताहिक कार्यक्रमहरु गदै आएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश सदस्य कृष्ण पोखरेलले युवाहरुले राजनीति मात्र नभएर सामाजिक काममा पनि सक्रिय छन् भन्ने उद्धेश्यले बिभिन्न खालका साप्ताहिक कार्यक्रमहरु गरेकोमा धन्यबाद गरे ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष किसन ज्ञावाली, नगर कमिटि सदस्य मेघराज भट्टराई,राष्ट्रिय युवा संघ, नेपाल लुम्बीनि प्रदेश सदस्य कृष्णबहादुर कुमाल, राष्ट्रिय युवा संघ, नेपाल रुपन्देही जिल्ला अध्यक्ष बिकास बस्नेत, युवा सघका पूर्ब केन्दीय सदस्य राजु गुरुङ, युवा सघ रुपन्देही जिल्ला उपाध्यक्ष दिपक खड्गी ,खेलकुंद महासंघ बुटबल उपमहानगरपालिका अध्यक्ष त्रिभुवन पाण्डे, गणेश बोहारा लगायतले मन्तब्य राख्दै गर्मीको समयमा युवा संघले निःशुल्क रुपमा पानी बितरणा गरि सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरे ।

कार्यक्रम युवा सघ, नेपाल बुटबल उपमहानगरपालिका बडा न ६ का अध्यक्ष अमृत भण्डारीको अध्यक्षयता र सचिब अमित गुरुङको सन्चालनमा कार्यक्रम भएको हो ।