देवदहमा राजमोको सम्मेलन सम्पन्न, धनु पाण्डेको अध्यक्षतामा नेतृत्व चयन


बुटवल, जेठ ९ गते । रुपन्देहीको देवदह नगरपालिकामा राष्ट्रिय जनमोर्चाको प्रथम नगर सम्मेलन भएको छ । राष्ट्रियय जनमोर्चाले देशभर संगठन विस्तार कार्यक्रम अन्र्गत महानगरपालिका, उपमहानर, नगरपालिका र गाउंपालिकाहरुमा सम्मेलन र भेला गर्दै आएको छ ।

सोही कार्यक्रम अनुसार मंगलबार रुपन्देहीको देवदह नगरपालिकामा पालिका स्तरीय प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको राजमो लुम्बिनी प्रदेश कोषाध्यक्ष गणेश गौतमले उद्घाटन गरेका थिए ।
सोही उद्घाटन कार्यक्रममा बोल्दै कोषाध्यक्ष गौतमले देशमा बढेको राष्ट्रघात र भ्रस्टाचार बढेपछि राष्ट्रिय जनमोर्चाको माग बढेको बताए ।
राष्ट्रिय जनमोर्चा अहिलेसम्म राष्ट्रियताको पक्षमा सम्झौताहिन संघर्ष गर्दै भ्रष्टाचार, अनियमितता र संघीयताको बिरोधमा उभिएको पार्टी भएकाले अहिले देशमा राष्ट्रिय जनमोर्चाको भूमिका बढेको उनले बताए ।

संघीयता खारेजी, अमेरिकी, भारतीय साम्राज्यबाद, देशीय सामन्तबाद र भ्रष्टाचारको बिरुद्व एकजुट हुनुपर्ने बताउंदै प्रदेश संरचना खारेज नभएसम्म अब देश आर्थिक रुपले सवल नहुने दावी गरे ।
कार्यक्रममा राजमो लुम्बिनी कार्यलय सचिव भीमलाल न्यौपाने, राजमो रुपन्देहीका पूर्व अध्यक्ष पुरुषेत्तम कंडेल र लालबहादुर क्षेत्रीले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।
सम्मेलनले धनु पाण्डेको अध्यक्षमा ९ पूर्ण र ४ वैकल्पिक र ३ सल्लाहकारसहितको नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा गामुध्वज मल्ल, सचिव भोजराज विक, सहसचिव दुर्गा काउछा र कोषाध्यक्षमा बागबिर पुन चयन भएका छन् ।
सदस्यहरुमा तारा थापा, भुवन थापा, भीमबहादुर थापा, दुर्गा तरामु मगर रहनुभएको छ भने वैकल्पिक सदस्यमा यमदिसा मगर, भरत गुरुङ, मोहित थापा निर्वाचित भएका छन् । एक स्थान रिक्त राखिएको छ ।
पुरुषोत्तम कंडेल, हरि केसी, धनकुमारी थापालाई सल्लाहाकारमा चयन गरिएको नवनिर्वाचित अध्यक्ष धनु पाण्डेले जनाकारी गराएका छन् ।
हरि केसीको अध्यक्षता, भोजराज विकको सञ्चालन र धन कुमारी थापाको स्वागतमा कार्यक्रम भएको हो ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










