रुपन्देही, तिलोत्तमाको शान्ति नमुनामा प्राविधिक तालिम

बुटवल, जेठ १३ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमूना माध्यमिक विद्यालयमा सञ्चालित वेटर तथा आर्क वेल्डर तालिम सम्पन्न भएको छ ।
तह–१ को ३ सय ९० घण्टाको तालिम गत फागुन २५ गतेदेखि वैशाख ३१ गते सम्म सञ्चालित गरिएको थियो ।

तालिममा सहभागीहरुलाई शुक्रबार एक कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको छ । तालिममा २० जना वेटर र २० जना आर्क वेल्डरका गरी ४० जनाको सहभागिता रहेको थियो ।
वेटर तालिममा ओम खत्री, निशान थापा र सुवर्ण वर्माले सहजिकरण गर्नुभएको थियो भने आर्क वेल्डरमा प्रकाश घिमिरे र गणेश न्यौपानेले सहजिकरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बोल्दै अहिलेको समयमा हातमा सीप हुने व्यक्तिले सहजै अवसर प्राप्त गर्न सक्ने भन्दै सीपले मान्छेलाई सक्षम र स्वाभिमानी बनाउने बताए । उनले तालिममा सिकेका सीपलाई व्यवहारमा उर्तान आग्रह गरे ।

कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सिटिइभिटी संयोजक भीम प्रसाद पाण्डे, डिएचएम संयोजक भोजराज वस्ती लगायतले बोल्दै पढ्दै कमाउदै अभियानमा विद्यार्थीहरुलाई जोड्दै सीपयुक्त बनाउनुपर्नेमा जोड दिए।
शान्ति नमुना माध्यामिक विद्यालयले मानवीय जीवनमा काम लाग्ने व्यवहारिक खालका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।